मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

साहित्य र कला
डा. राजवंशीको ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पित

Thearaniko Times 1381+ समाचार ( )
११ मंगशिर २०८२, बुधवार

काठमाडौँ । लिपि तथा इतिहासविद् डा. श्यामसुन्दर राजवंशीद्वारा लिखित इतिहास–संस्कृति सम्बन्धी पुस्तक ‘विक्रमसंवतदेखि लुम्बिनीसम्म’ लोकार्पण गरिएको छ। चिवहाल ठमेल, गौचरमा इखबरनेट मिडियाको आयोजनामा सम्पन्न कार्यक्रममा संस्कृति शिरोमणि हरिराम जोशी, पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वरिष्ठ साहित्यकार ओम श्रेष्ठ ‘रोदन’, दिलबहादुर महर्जन तथा इखबरनेटका प्रधान सम्पादक प्रदीप सापकोटालगायत उपस्थित रहे।

प्रमुख अतिथि जोशीले इतिहास निरन्तर खोज र सत्यअन्वेषणको विषय हुने उल्लेख गर्दै डा. राजवंशीले त्यस दिशामा महत्वपूर्ण योगदान दिएको बताए। परम्परागत धारणालाई तथ्य–प्रमाणका आधारमा व्याख्या गर्दै पुस्तकले नयाँ दृष्टिकोण प्रस्तुत गरेको उल्लेख गरे।

कृतिमाथि धारणा व्यक्त गर्दै महानिर्देशक प्रधानाङ्गले पुस्तकमा इतिहाससँग सम्बन्धित धेरै नयाँ तथ्य समेटिएको बताइन्। अभिलेखविज्ञको रूपमा लेखकले दीर्घ अध्ययनमार्फत प्राप्त सामग्रीलाई संग्रहित गरेका कारण कृति शोधकर्ता, विद्यार्थी तथा इतिहासप्रेमी सबैका लागि उपयोगी हुने उनको भनाइ थियो।

नेपाल स्रष्टा समाजका अध्यक्षसमेत रहेका रोदनले पुस्तकले उठाएको प्रश्न र प्रस्तुतिले इतिहासबारे नयाँ विमर्श खोल्ने बताए। कृतिले पठन समुदायसम्म व्यापक रूपमा पुग्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा लेखक डा. राजवंशीले पाठकको प्रतिक्रिया आफ्नो प्रेरणा रहेको उल्लेख गर्दै पुस्तक लोकार्पणलाई सुखद क्षणका रूपमा व्याख्या गरे। इखबरनेटका प्रधान सम्पादक प्रदीप सापकोटाले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व दिलबहादुर महर्जनले गरेका थिए।

समारोहमा प्रकाशन गृहका प्रबन्धक बसन्तराम नकर्मीले स्वागत मन्तव्य राखेका थिए भने उपस्थित अतिथिहरूलाई रास्टमान तुलाधरले खादा अर्पण गरेका थिए। कार्यक्रम चिवहाल परिवार, ठमेल तथा अशोक चैत्य जिर्णोद्धार एवं संरक्षण समितिको सहकार्यमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार