मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

‘सहज यात्रा–हाम्रो संकल्प’ भन्ने नाराका साथ पालिकाभित्र ‘५ कि.मि. सडक कालोपत्रे तथा ढलान

Thearaniko Times 1401+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

बेथानचोक/‘समृद्ध बेथानचोक, सुखी बेथानचोकबासी’ मुल नाराका साथ  बेथानचोक गाउँपालिकाले गाउँसभाको १५औं अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

पालिका अध्यक्ष भगवान अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘सहज यात्रा–हाम्रो संकल्प’ भन्ने नाराका साथ प्रत्येक वर्ष बेथानचोक गाउँपालिकाभित्र ‘५ कि.मि. सडक कालोपत्रे तथा ढलान’ कार्यलाई निरन्तरता दिइने र यसै आ.व. भित्र बेथानचोकका ६ वटै वडामा कालोपत्रे सडक विस्तारको आयोजना सुरु हुने उल्लेख छ ।

नेपालको संघीयताको मूल आदर्श समन्वय, सहकार्य, सहअस्तित्वलाई आत्मसात् गर्दै छिमेकी स्थानीय तह पनौती, खानीखोला, महांकालसँग संयुक्त लगानीमा पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रमममा छ ।

काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा दुर्लुङ्गखोला–च्याम्राङ्गवेशी सुरुङ मार्गको विस्तृत अध्ययन गरी आगामी आर्थिक बर्षदेखि सुरुङ मार्ग खन्न शुरु गर्ने नीति तथा कार्यक्रममा छ ।

बहुमूल्य खनिजहरुको उत्खनन्, अध्ययन तथा अनुसन्धान गरिने, सामुदायिक माध्यमिक विद्यालयहरुमा ‘सिक्दै कमाउँदै कार्यक्रम’ मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने, क्रमशः एक वडाका एउटा विद्यालयमार्फत सीप सिकाउने वा आत्मनिर्भर बन्ने शिक्षा दिइने, बेथानचोकस्थित पार्वती बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी–बुहारीलाई विश्वविद्यालयसम्मको निःशुल्क शिक्षाको व्यवस्था मिलाइने उल्लेख छ ।

बेथानचोक गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरी एमबीबीएस अध्ययन गर्ने विद्यार्थीलाई एक पटक दुई लाख छात्रवृत्ति प्रदान गर्ने, व्यवस्थापन, मानविकी, विज्ञान, इञ्जिनियरिङ संकाय अन्तर्गत र स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत मेधावी एक जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्तिस्वरुप पचास हजार प्रदान गर्ने, बेथानचोक गाउँपालिकाका बारेमा स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीलाई प्रति शोधपत्र एक लाख सहयोग प्रदान गर्ने नीतिलाई गाउँपालिकाले निरन्तरता दिएको छ ।

गाउँपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित खानी पूर्ण रूपमा बन्द गर्दै वातावरणीय प्रभाव मूल्यांकनका आधारमा दर्ता भएका खानीलाई व्यवसाय दर्ता गरी सञ्चालन गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाका उपाध्यक्ष तारा रानाको स्वागत मन्तव्यपछि शुरु भएको गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत ६४ करोड १२ लाख बराबरको आय तथा व्ययका अनुमान (बजेट) का साथै नीति तथा कार्यक्रम पारित गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार