मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

लक्ष्मण लम्साल बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री बन्दै

Thearaniko Times 1394+ समाचार ( )
७ जेठ २०८०, आइतबार

हेटौंडा/काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क बाट नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसद लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बन्नु हुने भएको छ ।

आज विहान बसेको गठबन्धन दलको बैठकले नेकपा (एकीकृत समाजवादी) लाई दुई वटा मन्त्रालय दिने सहमति बनेपछि लम्साल मन्त्री बन्नु हुने भएको हो । 

नेकपा एकिकृत समाजवादीको तर्फबाट लम्साल र डाक्टर राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्नु हुनेछ । नवनियुक्त मन्त्रीहरुको आज दिउँसो ३ बजे सपथ लिने कार्यक्रम रहेको छ । नेकपा एसको भागमा कृषि तथा पशुपंछी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय परेको छ । 

मन्त्रीमा नाम सिफारिस भएका लम्साल र श्रेष्ठ दुबै सथपका लागि हेटौँडा जाँदै छन् । मन्त्रालयको भागबन्डा नमिल्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकिरहेको थिएन ।

बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । बिहानको छलफलले प्रदेशको ११ मन्त्रालयलाई विभाजन गरी १२ कायम गर्ने र १२ मन्त्री नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जसमा कांग्रेसले हाल सम्हाल्दै आएको २ मन्त्रालयसहित ६ मन्त्रालयको जिम्मेवारी पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्री सहित ४ र एकीकृत समाजवादीले २ मन्त्री पाउने भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार