मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

महिला र युवाहरुको लागि स्वरोजगार सिप, शिक्षा र तालिमको उचित ब्यवस्था गर्नेछौ।

Thearaniko Times 1401+ समाचार ( )
२१ वैशाख २०७९, बुधवार

दिनेश खरेल

चुनावी अभियानमा कसरी लागि रहनुभएको छ ? 

हामी चुनावी अभियानमा छौ। घरदैलो गरिरहेका छौ। वडा वडामा चुनावी भेला र अन्तर्क्रिया भईरहेको छ। गठबन्धनका साथीहरु पनि लागिरहनुभएको छ। 

तपाईंप्रति भूम्लुबासीको अपेक्षा के छ ? 

सदरमुकामबाट नजिक भएर पनि भूम्लु पछाडि परेको छ। भूम्लुको बिकास गरी मुहार फेर्नु छ। गठबन्धनबाट युवाले अध्यक्षमा टिकट पाएको छ केही परिवर्तन गर्छ भन्ने आशा भूम्लुबासीमा रहेको छ। 

भूम्लुको मुख्य समस्या के देख्नु भएको छ ? 

भूम्लुमा महिला, जनजाति, दलित पछाडि परेको छन्। युवा बेरोजगारी बढ्दो छ।  बिदेशमा जान बाध्य छन्। बिपक्षीले जल, जमिन, जङ्गलको दुरूपयोग गरिएको छ। खानेपानी, सडक सञ्जाल, स्तरीय शिक्षा र स्वास्थ्य नै ठूलो समस्या हो। 

अध्यक्ष भएपछि तपाईंको योजना के छ ? 

सबै वडालाई सडक सञ्जालमा जोड्नुक साथै १० वडालाई नमुना बगैंचामा रुपान्तरित गर्नेछु। खानेपानी तथा सरसफाईको लागि विग वाटर पोलुको अबधारणा ल्याएको छु। सामुदायिक विद्यालय मन्टेश्वरी कक्षा सञ्चालन गर्ने र समय अनुसार अङ्ग्रेजी भाषामा पठनपाठन गराउनेछु। युवालाई भूम्लु छाडेर अन्यत्र जानुपर्ने बाध्यता हुँदैन। महिला र युवाहरुको लागि स्वरोजगार सिप, शिक्षा र तालिमको उचित ब्यवस्था गर्नेछौ। 

भूम्लुमा बारम्बार लालपुर्जाको बिषय चर्चामा आउँछ र त्यसै सेलाउँछ यो बिषयमा के भन्नु हुन्छ?

भूम्लुको सात र आठ नम्बर वडाका जनता लालपुर्जा विहिन छन्। यो बर्षौदेखिको समस्या हो। यो पेचिलो बिषय बन्दै आएको छ। अघिल्लो सरकारले केही प्रयत्न गरेको थियो तर पुरा गर्न सकेन। आगामी दिनमा हामी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ। 

दोलालघाटको बालुवा गिट्टी उत्खननले नदि कुरूप भैसकेको छ। भोलि पर्यावरणमा असर पर्ने देखिन्छ। त्यसतर्फ केही ध्यान दिनु भएको छ? 

हो वास्तवमा दोलालघाटको बालुवा गिट्टीको दुरुपयोग भैरहेको छ। यसले भौगोलिक जोखिम निम्त्याउने देखिन्छ। प्रकृतिको दुरूपयोग गरि केही सिमित माफियाहरूले कमाइरहेका छन्। त्यसलाई रोक्ने छौ र आम्दानीको स्रोत बढाई बिकासमा लगाउने छौ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार