मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

काभ्रेको बनेपा–पनौती सडक आज पनि बन्द

Thearaniko Times 1401+ समाचार ( )
२५ चैत्र २०७८, शुक्रबार

खड्पु/ बनेपा–पनौती सडकको श्रीखण्डपुर र धनेश्वर खण्डमा आज पनि स्थानीयले बाटो बन्द गरेपछि सर्वसाधारण मर्कामा परेका छन् । आज दोस्रो दिन पनि बन्दका कारण शिक्षण संस्था, कर्मचारी, गन्तव्यमा पुग्नुपर्ने आम सर्वसाधारणले दुख पाएका छन् ।

धनेश्वर पुलदेखि खड्पुसम्मको करिब २ किलो मिटर सडक पिच नहुँदा धुलोधुवाँले सास्ती खेप्नु परेको भन्दै श्रीखण्डपुर र धनेश्वरका स्थानीयले आवगमन बन्द गरेका हुन् । धुलोले त्यहाँ बस्न र हिँडडुल गर्न समेत समस्या भएपनि सडक पिच नगरिएको भन्दै सडक नै बन्द गर्नुपरेको स्थानीय इन्द्र बनेपालीले बताए।

ठेकेदारलाई बोलाएर सडक पिच गर्ने सहमति नहुँदासम्म सडक अवरुद्ध कायम गर्ने स्थानीयले बताएका छन्।

चैत्र १८ गतेसम्म पिच गर्ने भनिएतापनि आजसम्म कुनैपनि काम अगाडि नबढाइएको र पिच नहुँदा धुलोको कारण निकै समस्या परेको भन्दै पुनः बाटो बन्द गर्न बाध्य भएको उनीहरूले बताएका छन्।

बन्दकर्ताले बिरामी बोकेको एम्बुलेन्स, कृषि जन्य गाडी, स्कुल बस बाहेक कुनै पनि सवारी साधनलाई आऊजाउँ गर्न दिएका छैनन् । उनीहरूले रिपोर्टिङमा गएका सञ्चारकर्मीको बाइक समेत छिर्न नदिई अवरोध गरेका छन्। ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइराला र प्रहरी चौकी पनौतीका इन्चार्ज रुपाल अधिकारीको टोलीले बाटो खुलाउने प्रयास गरेपनि सफल हुन सकेन।

चैत १ गतेबाटै बाँकी खण्डमा कालोपत्रे गर्ने सहमतिमा अघिल्लो पटकको बन्द फिर्ता भएको थियो । तर सम्बन्धित निकायबाट काम सुरु गर्ने बारे कुनै सम्बोधन नभएकोले स्थानीय झन् आक्रोशित बनेका छन् । यो पटक अनिश्चित समयसम्म बन्द गर्ने भन्दै स्थानीय सडकमा उत्रेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार