मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जनताको शिर झुकाउने काम मबाट हुने छैन- मन्त्री लम्साल

Thearaniko Times 1401+ समाचार ( )
२१ माघ २०८०, आइतबार

भुम्लु/नेकपा (एकीकृत समाजवादी )भुम्लु गाउँपालिका कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको छ । 
पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो। अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लम्सालले भुम्लु गाउँपालिकाको विकास निर्माणमा आफु पहिले सांसद हुँदा र अहिले मन्त्री भैरहँदा उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो । ‘मेरो निर्वाचन क्षेत्रमा चार वटा पालिका पर्दछन । चार मध्ये भुम्लु गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको छु । जनताको घरदैलोमा पुग्दै गर्दा शिर झुकाउने काम गरेको छैन् । गर्ने छैन्’ मन्त्री लम्सालको भनाइ थियो ।
उहाँले जनताको हरेक दुःख, सुखमा साथ दिन नेता कार्यकर्तालाई निर्देशन दिनुहुँदै ‘अहिले हामी राष्ट्रिय पार्टी बन्न सकेनौँ । तर राष्ट्रिय राजनीतिमा हाम्रो ठूलो भूमिका छ । पार्टीले स्पष्ट नीति र विचार लिएको छ । यो नीति र विचार जनतासम्म पुर्याउन जरुरी छ । अहिल्यै हत्तोसाहित हुनुपर्ने र चिन्ता लिनुपर्ने अवस्था छैन् । कटिबद्ध भएर जनताको दुःख, सुखमा साथै रहनु होला । मन्त्री लम्सालले भन्नुभयो ।

कार्यक्रममा पार्टी केन्द्रीय परिषद सदस्य कल्पना श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य सुरेश कक्षपती, काभ्रे जिल्ला कमिटी सचिवालय सदस्य प्राणनाथ न्यौपाने लगायतका नेताहरूले मन्तब्य राख्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादी भुम्लु गाउँपस्लिका कमिटीका निवर्तमान अध्यक्ष तथा भुम्लु गाउँपालिका वडा नं ८ का निर्वाचित वडाअध्यक्ष मोतिलाल तामाङको अध्यक्षतामा सम्पन्न गाउँअधिबेशनको सञ्चालन दिपक ठकुरीले गर्नुभएको थियो ।
भुम्लु गाँउपालिका कमिटीकाे कार्यालय दोलालघाटमा आयोजित प्रथम गाउँपालिका अधिबेशनले कृष्णकुमार कार्कीको अध्यक्षतामा गाउँपालिका कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा खेचरबहादुर थापा, महिला उपाध्यक्षमा कालिका खरेल, सचिवमा दिपक ठकुरी, उपसचिवद्वय  बिजय तामाङ र कविता क्षेत्रीलगायत ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार