मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

लम्पी स्किन रोगका कारण काभ्रेमा हालसम्म ६८१ पशुको मृत्यु

Thearaniko Times 1394+ समाचार ( )
७ श्रावण २०८०, आइतबार

धुलिखेल/लम्पी स्किन रोगका कारण काभ्रेमा हालसम्म ६८१ पशुचौपाया मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा ३० हजार ७ सय ४३ वटा पशु लम्पी स्किन रोगबाट संक्रमित छन् । 

जिल्लाका १३ वटा पालिकामा करीब तीन लाख गाईभैंसी रहेकोेमा २८ हजार ६ सय ९५ गाई, १ हजार ४ सय ६७ गोरु, २ सय १२ भैंसी  र ३ सय ७९ बाच्छाबाच्छी र पाडापाडी रहेका छन् ।

केन्द्रका निमित्त प्रमुख डा. नितेश कार्कीका अनुसार हालसम्म ३२ हजार ८०० पशुमा रोग विरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन ।

बनेपा नगरपालिकामा सबैभन्दा धेरै संक्रमण दर रहेको छ । बनेपाका ६ वटा वडामा १ सय १८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ ।

नगरको पशु सेवा शाखाका अनुसार बनेपामा ६ हजार १५ वटा पशुमा संक्रमण भएकामध्ये पाँच हजार गाईलाई खोप लगाइएको छ । बनेपाका वडा नं १, २, ३, ४, ५ र १० मा संक्रमण फैलिएको जनाइएको छ ।

केन्द्रका अनुसार पाँचखाल नगरपालिकामा १ सय पशु मरिसकेका छन्। धुलिखेल नगरपालिकामा ७२, पनौती नगरपालिकामा २५, मण्डनदेउपुर नगरपालिकामा ६४, नमोबुद्ध नगरपालिकामा ४१ पशु मरेका छन्।

यस्तै, तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौंरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन्। चौंरीदेउराली गाउँपालिकाले मरेका प्रतिपशु रु।१० हजार तत्कालका लागि कृषकलाई राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । धुलिखेल नगरपालिकाले बाछी खरीदका लागि साझेदारी गर्ने जनाएको छ।

जिल्लामा महामारीको रूप लिएको लम्पी स्किन रोग नियन्त्रण बाहिर गएको बताइएको छ। जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसारपसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै स्थानीय तहका पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनिएको बताए ।

उक्त रोग लागेपछि गाईभैंसीले कचेरा निकाल्ने, फिंज धेरै निकाल्ने, सिंगान बग्ने तथा शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिने हुन्छ। संक्रमित पशुबाट दूध उत्पादन पनि २५ देखि ८० प्रतिशतसम्म घट्छ भने पशुको गर्भ तुहिने लगायत समस्या हुन्छ।

लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो।   केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो।राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।

पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार