मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

साहित्य र कला
‘रण–अम्बिका शाह सेवा पुरस्कार’ प्रदान

Thearaniko Times 1394+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

काठमाडौं । रण–अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण–अम्बिका शाह सेवा पुरस्कार’प्रदान गरेको छ।

शनिबार काठमाडौंमा गुठीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक प्रा.डा. मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे ।

स्रष्टा समाज तथा समाजसेवी थापालाई पुरस्कारकासाथ जनही नगद राशि एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरियो । समाजको पुरस्कार समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ग्रहण गरे ।

प्रमुख अतिथि प्रा.डा. पाण्डेले गुठीले गरेको सामाजिक कामको प्रसंशा गर्दै सबैले राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए ।

उक्त अवसरमा गुठीले विभिन्न सात संस्थाहरूलाई आर्थिक सेवा सहयोग प्रदान गरेको छ । यस वर्ष सेवा सहयोग प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय युवा सेवा कोष, अन्तरदृष्टि नेपाल, जोन्ता क्लब, नेपाल चिकित्सा मनोविद् संघ, प्राकृतिक स्वास्थ्य संस्था, बाल शान्ति गृह र जोन्ता क्लब मार्फत एक अन्य संस्था रहेको छ । 

कार्यक्रममा गुठीका सचिव किरण थापाले साहित्यका माध्यमबाट समाजका लागि भाषा, संस्कृतिको उत्थानमा करिब दुई दशकदेखि क्रियाशील संस्था नेपाल स्रष्टा समाजलाई र एसिड आक्रमणबाट पीडित महिला तथा जलनबाट पीडितहरूको सेवामा निरन्तर समर्पित समाजसेवी उज्ज्वलविक्रम थापालाई, तिनको सामाजिक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको बताए । उनले सात संस्थालाई पनि नगद राशिसहित आर्थिक सहयोग गरिएको उल्लेख गरे ।

पुरस्कृत संस्था स्रष्टा समाजका अध्यक्ष साहित्यकार रोदनले स्रष्टा समाज र यसले गरेको कामका बारेमा जानकारी दिँदै यो पुरस्कारले आफूहरूको उर्जा थपिएको बताए । अर्का पुरस्कृत व्यक्तित्व समाजसेवी थापाले आफू बाल्यकालदेखि नै समाजसेवातर्फ आकर्षित भएको बताउँदै पछिल्लो चरणमा आफूले गरेका केही कामहरूबारे बताए ।

कार्यक्रममा बाल शान्ति गृह, दाङका भोलानाथ योगीले गुठीले गरेको आर्थिक सहयोगले आफूहरू उत्साहित भएको बताए । 

उक्त अवसरमा डा. चिन्तामणि योगी, मिता शाह राणाले गुठी र पुरस्कारका विषयमा बोले । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार