मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

संस्कृति हरितालिका तिज
धुलिखेलमा अनेमसंघ क्रान्तिकारीको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

धुलिखेल । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काभ्रेको आयोजनामा तीज पर्वको अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले नेपाली महिलाहरूको साझा चाड हरितालिका तीजलाई रचनात्मक र सिर्जनशील ढंगले मनाउन आग्रह गरिन् । उनले तीज क्रमशः भडकिलो र मौलिक संस्कार–संस्कृतिबाट विमुख हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै चाडपर्व, संस्कार, संस्कृति र रीतिरिवाजजस्ता साझा सम्पत्तिको संरक्षण र युवा पुस्तामा हस्तान्तरण आवश्यक रहेकोमा जोड दिइन् । साथै, उनले महिलाको अधिकार र समानताको सवाललाई चाडपर्वमार्फत पनि उजागर गर्दै सामाजिक चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै, कार्यक्रमका विशिष्ट अतिथिहरू— माओवादी केन्द्र काभ्रे इन्चार्ज तेजबहादुर मिजार, बागमती प्रदेश कमिटी सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य होमकुमारी दोङ'अस्मिता , महिला नेतृ अनिता थिङ, मिना पाख्रिन, सिर्जना थिङ, बेथानचोक गाउँपालिका उपप्रमुख तारा राणा, विद्यार्थी नेतृ निर्मला गौतम र कविता लामाले नेपाली मौलिक परम्परागत चाडपर्व देशका अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व रहेको बताएका थिए ।

नेताहरूले नेपाललाई विविध जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको साझा फूलबारीको रूपमा चित्रण गर्दै चाडपर्वले समुदायबीच अन्तरसम्बन्ध मजबुत पार्नुपर्नेमा जोड दिए । साथै, उनीहरूले महिलाको अधिकार र पहिचानका प्रश्नलाई सांस्कृतिक पर्वमार्फत जोड्दै लैजान सकिने भएकाले यस्तो अवसरलाई सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्ने धारणा राखे ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काभ्रेकी अध्यक्ष मनिता थिङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राममाया तामाङको सञ्चालन र गिता भट्टले स्वागत गरेकी थिइन् । शुभकामना आदानप्रदानपछि सामूहिक दर खाने, नाचगान गर्ने कार्यक्रमसहित तीज उत्सव समापन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार