मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

'सम्बृद्धिको सतहबाट'

Thearaniko Times 1375+ समाचार ( )
१२ असार २०८१, बुधवार

                                    हिरामाया घिसिङ तामाङ 

कोही अभावको चेपमा परेर

र कोही असन्तुष्टिको झोला भिरेर

खुसीको भोक मेटाउन भनी

सपनाको महासागर तरेर

युवा शक्तिले पाइला साटेपछि

कयौँ बस्तीहरु रित्तिदैछन्

घट्दैछ स्वाभिमान

खेतबारीले अन्न दिन छोड्दैछ

यसरी नै चल्दै जाँदा कुनै दिन

मुखमा माड पर्न छोड्यो भने

दोस कसलाई दिने? 

म पनि त्यहिँभित्र नमिठोसँग

गुज्रिएर आएको पात्र हुँ

कुनै दिन,

डिग्रिवाला दाइ र नर्स दिदीले

आशाको सुनौलो भर्याङबाट

ओराल्दिएको भागुतो हुँ

तैपनि,

च्यातिएको इच्छा बुन्छु भनी

सम्भावनाको सियो बोकेर

प्रमाणपत्रसँग उमेर साट्न

महालङ्गुरको बाटोबाट

कङ्कृटको जङ्गल पसेको हुँ

कहिल्यै नाघिनँ र नाघ्नेछैन

महत्त्वकांछिको सिमाना

किन कि,

मसँग आमाको माया छ

अनि माटोको ऋण पनि

उति नै धेरै

मसँग सम्भावनाहरुको सूचि छ

रत लेख्दिनँ निराशाको कविता

चेतनाको शुक्ष्म दर्शक यन्त्रले

नियाल्दा देख्छु कुनै दिन

धनसँग ज्ञान सीप साट्न

पर्देशिएका जनशक्तिहरु

ब्रेनग्रेन प्रणालीले तानिनेछन्

श्रम साट्न बाध्य श्रम शक्तिहरु

रोजगारले तानिनेछन् 

व्यवस्थित शासन प्रणालीले

चढ्नेछ उकालो बढ्नेछ उचाइ

खुसीको सगरमाथामा सम्म

कहिल्यै पनि देश भासिने छैन

सुखी र सम्बृद्धिको सतहबाट। 

                         सल्लाह सुझाव र प्रतिकृयाको लागि                             [email protected]

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार