मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बिभिन्न पार्टीबाट माओवादीमा प्रवेश

Thearaniko Times 1401+ समाचार ( )
७ अशोज २०८०, आइतबार

खानीखोला/काभ्रेको खानीखोलामा विभिन्न पार्टी परित्याग गरी तीन दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शानिबार खानीखोला–४ स्थित् जगथलीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङ (छिन्ताङ) र प्रदेश सदस्य नारायण बनियाँ (दिपेश)ले पार्टी प्रवेश गराएका हुन् ।

कार्यक्रममा प्रदेश सचिव इन्द्रबहादुर थिङले प्रचण्ड नेतृत्वको सरकारले देश र जनताको हितमा काम गरिरहेको बताए । उनले समृद्ध खानीखोलाको लागि आफुहरु लागि रहेको बताए । एकै पटक सबै ठाउँको विकासको लागि बजेट सम्भव हुँदैन क्रमगत रुपमा हुँदै जाने हुँदा अहिले बजेट परेन भनेर निराश हुनु नपर्ने उनको भनाई छ । 

‘जनतासँग माओवादीः विशेष रुपान्तरण, जनजनमा माओवादी–घरघरमा माओवादी’ कार्यक्रम अन्र्तगत पार्टी प्रवेश कार्यक्रममा छिन्ताङसहित माओवादी केन्द्र, नेताहरु होमबहादुर वाईबा, निशान मोक्तान, नरबहादुर थिङ, अनेरास्ववियू (क्रान्तिकारी) काभ्रेको कोषाध्यक्ष विकास तामाङ लगायत उपस्थित रहेका छन् ।

खानीखोला वडा नम्बर ४ वडा कमिटीद्धारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केल बहादुर स्याङ्तान, टेक बहादुर घिसिङ, अर्जुन स्याङ्तान, अजय जिम्बा, भिम बहादुर वि.क, कान्छालाल बल, मंगलसिं स्याङ्तान, सोनाम वाईबा, पुर्णी माया जिम्बा, साईला बल, ज्ञान बहादुर वल, इन्द्र बहादुर लोप्चन, छलि मायाँ बल र सुवास स्याङ्तानलाई माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

त्यस्तै माओपादी केन्द्रमा एमालेका धनबहादुर गुरुङ र प्रदिप स्याङ्तानसहित अन्य दलका नेता तथा कार्यकर्ता गरी तीन दर्जन बढीलाई प्रवेश गराएको छ । 

माओवादी केन्द्र खानीखोलामा पार्टी प्रवेश गर्ने लर्को लागेको छ । यसअघि पनि कांग्रेस र एमालेका नेता तथा कार्यकता माओवादी केन्द्र एकताबद्ध भएका थिए । खानीखोला–४ मा भने पछिल्लो समय कांग्रेस परित्याग गर्नेहरु बढेका छन् । यसले अझै कांग्रेसमा पहिरो जाने क्रम बढ्ने देखिन्छ । 

कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका एक नवप्रवेशीका अनुसार खानीखोला कांग्रेसमा सहि नेतृत्व नभएको र पार्टीभित्र चरम बेथिति रहेको बताए ।समृद्ध खानीखोलाको सपना पुरा गर्ने क्षमता र योजना माओवादी केन्द्रमा मात्रै रहेकोले आफु पार्टी परित्याग गरी समृद्ध खानीखोलाको लागि माओवादी केन्द्रमा एकताबद्ध भएको नवप्रवेशीहरुको भनाई छ । 

माओवादी केन्द्र वडा नम्बर ४ को अध्यक्ष श्याम लोप्चनको सभापतित्वमा भएको कार्यक्रममा नवप्रवेशी सोनाम वाईबाले कांग्रेस भविष्य नभएको दाबी गर्दै देशको हितमा काम गर्ने पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार