मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |

बनेपा नगरको नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब २५ करोड ३६ लाख ३० हजार बजेट प्रस्ताव

Thearaniko Times 1123+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

बनेपा/बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेती योग्य जमिनको पहिचान गरी कृषि उत्पादन क्षेत्र तोक्ने र उक्त क्षेत्रको अधिकत्तम उपयोग गर्न कृषक समुह, सहकारी वा कृषकहरुलाई आकर्षित गर्न आवश्यक कृषि अनुदान, कृषि उत्पादन सामग्री वा कृषि राहत प्याकेज उपलब्ध गराउने व्यवस्था क्रमशः मिलाइने उल्लेख छ । साना, सिमान्तकृत र विपन्न वर्गका कृषकहरुलाई कृषि र पशु विकासका लागि मौसम र अवस्था अनुसार आवश्यक कृषि सामग्रीहरु (बिउ, मल, विषादी, कृषि औजार, बायोपेस्टि साईड आदी) निशुल्क उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइने र ठुला तथा ब्यवसायिक कृषकहरुलाई ५० प्रतिसत अनुदानमा उत्पादन परिमाण र क्षेत्रफलका आधारमा कृषि औजार उपलब्ध गराउन आवश्यक कार्यक्रम प्रस्ताव गरिएको छ ।

बनेपा नगरपालिकाको भु–उपयोगको अवस्था अध्ययन गरी औद्योगिक क्षेत्र निर्माणका लागि संभाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै ज्येष्ठ नागरीकहरुका अनुभव साटासाट गर्ने र फुर्सदको समय व्यतित गर्ने प्रयोजनका लागि ज्येष्ठ नागरिक विश्राम तथा भेटघाट स्थल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नगरपालिकाको आफनै स्वामित्वमा नगर स्तरीय तरकारी तथा फलफुल नर्सरी स्थापनाका लागि बजेटको व्यवस्था गरिने उल्लेख छ । शहर केन्द्रित कृषि खेती (कौशी खेती) कार्यक्रमलाइ थप परिमार्जन गर्दै अभियानका रूपमा अगाडी बढाइने नीति नगरपालिकाले प्रस्ताव गरेको छ ।

नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थिइन् । उपप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार