मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

बनेपा नगरको नीति तथा कार्यक्रम सार्वजनिक, १ अर्ब २५ करोड ३६ लाख ३० हजार बजेट प्रस्ताव

Thearaniko Times 1375+ समाचार ( )
११ असार २०८१, मङ्गलबार

बनेपा/बनेपा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगर प्रमुख शान्तिरत्न शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेती योग्य जमिनको पहिचान गरी कृषि उत्पादन क्षेत्र तोक्ने र उक्त क्षेत्रको अधिकत्तम उपयोग गर्न कृषक समुह, सहकारी वा कृषकहरुलाई आकर्षित गर्न आवश्यक कृषि अनुदान, कृषि उत्पादन सामग्री वा कृषि राहत प्याकेज उपलब्ध गराउने व्यवस्था क्रमशः मिलाइने उल्लेख छ । साना, सिमान्तकृत र विपन्न वर्गका कृषकहरुलाई कृषि र पशु विकासका लागि मौसम र अवस्था अनुसार आवश्यक कृषि सामग्रीहरु (बिउ, मल, विषादी, कृषि औजार, बायोपेस्टि साईड आदी) निशुल्क उपलब्ध गराउने नीतिलाई निरन्तरता दिइने र ठुला तथा ब्यवसायिक कृषकहरुलाई ५० प्रतिसत अनुदानमा उत्पादन परिमाण र क्षेत्रफलका आधारमा कृषि औजार उपलब्ध गराउन आवश्यक कार्यक्रम प्रस्ताव गरिएको छ ।

बनेपा नगरपालिकाको भु–उपयोगको अवस्था अध्ययन गरी औद्योगिक क्षेत्र निर्माणका लागि संभाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै ज्येष्ठ नागरीकहरुका अनुभव साटासाट गर्ने र फुर्सदको समय व्यतित गर्ने प्रयोजनका लागि ज्येष्ठ नागरिक विश्राम तथा भेटघाट स्थल निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

नगरपालिकाको आफनै स्वामित्वमा नगर स्तरीय तरकारी तथा फलफुल नर्सरी स्थापनाका लागि बजेटको व्यवस्था गरिने उल्लेख छ । शहर केन्द्रित कृषि खेती (कौशी खेती) कार्यक्रमलाइ थप परिमार्जन गर्दै अभियानका रूपमा अगाडी बढाइने नीति नगरपालिकाले प्रस्ताव गरेको छ ।

नगरसभाको चौधौं अधिवेशनमा नगर उपप्रमुख विमला सापकोटा दाहालले आय तथा व्ययको अनुमान (बजेट) प्रस्ताव गरेकी थिइन् । उपप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब २५ करोड ३६ लाख ३० हजार १७१ रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार