मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

स्थानीय सरकार
अविरल वर्षाबाट क्षति, धुलिखेल नगरपालिकाको आकस्मिक बैठकले गर्‍यो राहत तथा उद्धारका निर्णय

Thearaniko Times 1401+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

धुलिखेल — असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण धुलिखेल नगर क्षेत्रका विभिन्न स्थानमा जनधन र भौतिक पूर्वाधारमा क्षति पुगेपछि धुलिखेल नगरपालिकाले आकस्मिक बैठक बसेर राहत तथा उद्धारका महत्वपूर्ण निर्णय गरेको छ।

आज मिति २०८२ साल आश्विन १९ गते, आइतबार बसेको नगरपालिकाको पूर्ण बैठकमा नगर प्रमुख, उप–प्रमुख, १२ वटै वडाका वडा अध्यक्षहरू र सम्बन्धित शाखाका प्रमुखहरूको सहभागिता थियो। बैठकले अविरल वर्षाबाट प्रभावित नागरिकहरूलाई तत्काल राहत प्रदान गर्न आवश्यक योजना तय गरेको हो।

बैठकले पूर्ण रूपमा क्षति भएका निजी आवासहरूको स्थलगत प्राविधिक निरीक्षण गरी राहत उपलब्ध गराउने, त्यस्ता परिवारलाई खाद्यान्न, त्रिपाल र जस्ता पाता जस्ता आवश्यक सामग्री वितरण गर्ने निर्णय गरेको छ। आंशिक क्षति भएका आवासहरूमा थप जोखिम बढ्न नदिन त्रिपाल र प्लास्टिक उपलब्ध गराइनेछ।

पूर्ण रूपमा क्षति भएका घरलाई ५० हजार, आंशिक क्षति भएका घरलाई २० हजार र गोठहरूलाई १० हजार रुपैयाँ राहतस्वरूप उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। साथै, सबै वडाका मुख्य सडकहरू तत्काल सुचारु गर्न र सहायक सडकहरू क्रमशः खुलाउँदै लैजान सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

खानेपानीका मुहान र पाइपलाइनहरू तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, वर्षातपछि फैलिन सक्ने हैजा लगायतका रोगहरू नियन्त्रणका लागि नगर स्वास्थ्य संयन्त्रलाई चुस्त-दुरुस्त राखी प्रभावकारी रूपमा परिचालन गर्ने निर्णय पनि गरिएको छ।

नगरपालिकाले सबै वडामा भएका क्षतिको विस्तृत विवरण संकलन कार्य तत्काल प्रारम्भ गर्ने र प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत तथा उद्धार कार्यमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित शाखाहरूलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार