मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

Thearaniko Times 1375+ समाचार ( )
२८ असार २०७९, मङ्गलबार

२८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गर्नुभएको हो । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गर्नुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको योगदानको चर्चा गर्नुहुँदै उहाँका विचारलाई प्रेरणाको रुपमा लिएर देशको समृद्धिका लागि अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल र नेपाली जनताको मुक्तिका लागि पुष्पलाल श्रेष्ठको योगदानको सम्मान गर्दै सरकारले पुष्पलाल राष्ट्रिय पुरस्कार वर्षेनी प्रदान गर्दै आएको बताउनुभयो । राष्ट्रको विकास र समृद्धिमा महत्वपूर्ण योगदान गरेका राजनीतिक व्यक्तित्वहरुको दुरदर्शी विचार, मार्गनिर्देशन, त्याग र सङ्घर्षलाई सम्मान गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो ।

मुलुकको प्रगतिशील राजनीतिक परिर्वतन, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन - अनुसन्धान र साहित्य र संस्कृतका क्षेत्रमा पुरस्कृत स्रष्टाहरुले  पुर्याउनुभएको योगदानको पनि उहाँले प्रशंसा गर्नुभयो । नेपालको राजनीतिक आन्दोलन तथा खोज अनुसन्धान र लेखन कार्यमा योगदान गरेका व्यक्ति वा संस्था, नेपाली समाजको इतिहास, राजनीतिक आन्दोलनहरुको इतिहास, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास, साहित्य, संस्कृति र विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र खोजका तीन विभिन्न विधामा तीनजना व्यक्ति वा संस्थालाई पुष्पलाल राष्ट्रिय पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम आर्थिक बर्ष २०६८/६९ देखि हरेक वर्ष मन्त्रालयले निरन्तर गर्दै आइरहेको छ । पुरस्कारहरूको राशि सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार