मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बेथान्चोक-१ बाट मतगणना शुरु, निर्वाचन आयोगको फितलो व्यवस्थापनले मतगणना ढिलाइ

Thearaniko Times 1401+ समाचार ( )
५ मंगशिर २०७९, सोमबार

काभ्रे : काभ्रे -२ मा कुनै विवाद नहुँदा पनि मतदान सकिएको ३० घन्टापछि मात्र मतगणना शुरु भएको छ। पहिलाे बेथानचोक गाउँपालिका- १ बाट मतगणना सुरु भएको हो।

निर्वाचन आयोगको फितलो व्यवस्थापन र मुख्य निर्वाचन अधिकृत मनोमानी व्यवहारका कारण मत गणनामा ढिलाई भईरहेको मतगणनामा खटिएका दलका प्रतिनिधिहरु बताउँछन् ।

सर्वदलीय बैठकमा पहिलो चरणमा प्रतिनिधि सभाको मात्र मत गतगणना गर्ने, मतगणना एक ठाउँमा मात्र गर्ने र ५ बजे मतगणना शुरु गर्ने दलहरु बीच सहमति भएको थियो। तर सर्वदलीय सहमति विपरित ६:३० मा मतगणना शुरु गर्ने सुचना सार्वजनिक गरे । पुनः ९ बजे मात्र मतगणना शुरु गर्ने बताइयो। दलहरुको सहमति विपरित मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईको एकल चाहनामा मतगणना स्थलको संख्या एकबाट बढाएर ३ स्थानमा बनाएको बुझिएको छ। मुख्य निर्वाचन अधिकृत भट्टराईको फितलो व्यवस्थापन र सर्वदलीय सहमति विपरित एकतर्फी पटक पटक समय परिवर्तन गर्नु शंकास्पद रहेको दलका नेताहरु बताउँछन्। 

मतगणना तयारीको नाममा मुख्य निर्वाचन अधिकृतले के खिचडी पकाउँदै छ भन्ने आशंका जिल्लाबासीमा बढ्दै गएको छ। स्थानीय तहमा धुलिखेलमा भए जस्तै शंका लाग्न थालेको एक उम्मेदवारले नाम उल्लेख नगर्ने शर्तमा बताए।  १ बजे बोलाइएको सर्वदलीय ३ बजे बल्ल बसेका थिए । सर्वदलीय बैठकमा भएको विपरित ६:३० मा गणना शुरु गर्ने भनेको १०:३०  बज्दा पनि शुरु नहुनु केही गडबडीको संकेतको रुपमा बुझ्नु पर्ने पो हो कि? -उनले प्रतिप्रश्न गरे ।

स्थानीय निर्वाचनमा पनि यस्तै अनिर्णयको बन्दी बनाएको थियो। अहिले पनि त्यही स्थिति किन? तयारी नपुगेको हो भने दिनभरि के हेरेर बसेछ? ७२ घन्टामा मत परिणाम सार्वजनिक गर्छु भन्ने निर्वाचन आयोगको यो रबैयालाई दलहरु नबोलेको किन? प्रश्न उब्जिएको छ।

यसैबीच प्रतिनिधि सभा क्षेत्र नम्बर १ मतगणना स्थगित भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार