मकवानपुर/बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ चयन भएका छन् ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
सिन्धुलीबाट प्रत्यक्ष तर्फ निर्वाचित भएका श्रेष्ठलाई गत माघ ११ गते प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कानुन मन्त्री नियुक्त गरेका थिए ।
यसअघि माघ २४ गते आयोगको उपाध्यक्षमा नियुक्त भएका होमनाथ चालिसेले चैत ७ गते राजिनामा दिएका थिए ।
यसैगरि बैठकले आउँदो वैशाख १ गतेबाट बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिर लागू गर्ने तथा न्वागी र लदी पर्बको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता श्रेष्ठ सिन्धुलीबाट माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।