काठमाण्डौ विश्व विद्यालयले अब बन्ने सम्पुर्ण
भौतिक संरचना अपाङ्गता भएका व्यक्तिका निम्ति पहुँचयुक्त हुने गरी बनाउनेभएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी
सङ्घठन नेपाल काठमाण्डौ विश्व विद्यालय
ब्युरोले मिति २०८१/०५/१८ का दिन पहुँचयुक्त एवं अपाङ्गता समावेशी भौतिक तथा
सञ्चार सेवा एवं पहुँचयुक्त शिक्षण सिकाइ
क्रियाकलाप सुनिश्चित गर्ने
प्रयोजनका लागी पेश गरेको ३९
प्रकरण सहितको २१ पृष्ट लामो
ज्ञापनपत्रमा सामेल १० ओटा माग सम्बोधनका सम्बन्धमा भएको सम्झौतामा केयु पहुँचयुक्त संरचना बनाउन सहमत भएको हो। पटकपटक भएको चरणवद्द वार्तापश्चात
विश्व विद्यालय सङ्घठनका माग पुरा गर्न सहमत भएको छ, सङ्घठनले
असोज ८ गते सार्वजनिक गरेको सहमतीपत्र एवं
विज्ञप्तिमा उल्लेख छ।
असोज ६ गते सहमती भइ आज
सार्वजनिक गरिएको उक्त सम्झौतापत्रमा
काठमाण्डौ विश्वविद्यालय वार्ता समितिको तर्फबाट विद्यार्थी कल्याण निर्देशनालयका कार्यवाहक
निर्देशक डा. गोकुल केसी तथा
सह-निर्देशकहरू कृष्णसुन्दर थापा तथा रमेश घिमिरे, ब्यवस्थापन सेवा महासाखाका प्रमुख नभेन्द्र पौडेल, अनुगमन तथा मुल्याङ्कन निर्देशनालयका
निर्देशक अनुपकुमार आचार्य, सुचना
प्रणाली ब्यवस्थापन निकाय (ISMS)का प्राविधिक व्यवस्थापक विजय कुमार श्रेष्ठ तथा प्राविधिक अधिकृत श्री निराजन पन्तले
हस्ताक्षर गरेका छन् भने वैज्ञानिक समाजवादी विद्यार्थी सङ्घठन नेपाल,
काठमाण्डौ विश्व विद्यालय ब्युरोको तर्फबाट जुली गौतम, मनिस पोखरेल, सन्दीप थापा
तथा सुमित मैनालीले हस्ताक्षर गरेका छन्
सम्झौता अनुसार काठमाण्डौ विश्व विद्यालय स्कुल अफ ल परिसरमा
बन्दै गरिरहेका दुई ओटा निर्माणरत विश्व
विद्यालय भवन निर्माण सम्पन्न भैसक्दा सो
भवनका सम्पुर्ण तला , कक्षाकोठा एवं कार्यकक्ष आवश्यक
र्याम्प,, लिफ्ट, ट्याकटायल र ब्रेल मार्किङसहित
पहुँचयुक्त हुने र
त्यसका लागी लेक्चर भवनको प्रारम्भिक भवन निर्माण
नक्सा संशोधन गरी निर्माणरत एक भवनमा लिफ्टको ब्यवस्था गरी सोही भवनसंग अन्तरआवद्दता ( interconnect) गरी
निर्माणाधिन अर्को भवन तथा यसअघी बनिसकेको
स्कुल अफ ल को भवनमा समेत प्रवेश
गर्न मिल्ने गरी ३ ओटै भवनलाई पहुँचयुक्त बनाउन काठमाण्डौ
विश्व विद्यालय सहमत भएको छ।
यस्तै विश्वविद्यालयले केयुमा
अध्ययनरत अपाङ्गता भएका
व्यक्तिहरूको अपाङ्गताको वर्गीकरणसहितको
एकिकृत खण्डिकृत तथ्याङ्क सङ्कलन, ब्यवस्थापन एवं
अद्यावधिक गर्नका लागी विश्वविद्यालय भर्ना फारममा
आवश्यक कोलम थप्ने एवं केन्द्रिकृत फारम प्रणाली बिकास गरी तथ्याङ्क ब्यवस्थापन
गर्ने समेत सम्झौतापत्रमा उल्लेख छ।
विश्व विद्यालयका भविष्यमा निर्माण हुने
सम्पुर्ण भवन तिनका कक्षाकोठा, झ्याल, ढोका, सौचालय लगायतका
संरचना लिफ्ट,
ह्विल चेयर पुग्ने सुनिश्चितता, ट्याक्टाइल, ब्रेल
मार्किङ लगायत अन्य आवश्यक संरचनासहित नेपाल
पक्ष राष्ट्र रहेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तराष्ट्रिय
महासन्धि सन् २००६, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ तथा पहुँचयुक्त भौतिक तथा सञ्चार सेवा निर्देशिका
२०६९ तथा अन्य प्रचलित कानुनबमोजिम पुर्ण
पहुँचयुक्त स्वरुपमा निर्माण गर्ने उल्लेख छ। सो
सम्झौताअनुसार यसअघी नै निर्माण
भैसकेका भवनमा पुर्ण पहुँचयुक्तताको
सुनिश्चितताका निम्ति संभव भएसम्मका सम्पुर्ण उपायहरू अवलंवन गर्ने र सोअन्तर्गत
पुस्तकालय, चमेनागृह, मेस र क्याफेटेरियालाई आगामी आर्थिक वर्षभित्र पहुँचयुक्त बनाइसक्नुपर्ने उल्लेख छ।
यस्तै विश्व विद्यालयको डिजिटल संरचना, वेबसाइट, सामाजिक सञ्जाल लगायतका सञ्चारका माध्यममा
प्रकाशन तथा प्रसारण हुने सुचनामा पहुँचयुक्तताको सुनिश्चितताका
निम्ति एक महिनाभित्र रुजुसुची जारी गरी सोही
अनुरुप डिजिटल सामग्रीको सम्प्रेषण गर्ने,
अवको तिन महिननाभित्र काठमाण्डौ विश्व विद्यालयको वेबसाइटको पहुँचयुक्तता
संपरिक्षण (accessibility
auditing) गरि सोको प्रतिवेदनका आधारमा क्रमश प्रगतीशील रुपमा कार्यन्वेयन हुने
गरी वेब साइटमा वेब सामग्री पहुँचयुक्त निर्देशिका २.० (वेब कन्टेन्ट
एक्सेसिबिलिटी गाइडलाइन २.०) लागु गर्दै जाने समेत सम्झौतामा उल्लेख छ।
यस्तै विश्व विद्यालयको वेब साइट, सामाजिक सञ्जाल
लगायतमा सम्प्रेषण गरिने सुचना, जानकारी एवं
दस्तावेजहरू पहुँचयुक्त
हुनुपर्ने, वेबसाइट तथा सामाजिक सञ्जालमा राखिने तस्विरमा वैकल्पिक टेक्स्ट (अल्टर्नेटिभ टेक्स्ट),
तस्विरमा आधारित पिडिएफको वैकल्पिक पहुँचयुक्त
टेक्स्ट फाइल समेतको
ब्यवस्था गरिने तथा त्यसका लागी वेबमा आधारित सामग्री उपलब्ध गराउने
निकायले सुचना प्रणाली ब्यवस्थापन
निकायलाई पहुँचयुक्त संरचनामा उल्लेखित जानकारी तथा सामग्री उपलब्ध
गराउने सहमती भएको छ।
विश्व विद्यालयमा अपाङ्गता भएका व्यक्तिमैत्री ब्यवहार एवं शिक्षण सिकाइ क्रियाकलाप सुनिश्चित गर्न विद्यार्थी
कल्याण परिषदले काठमाण्डौ विश्व विद्यालय स्कुल अफ एजुकेसन संगको सहकार्यमा आगामी
६ महिनाभित्र पहुँचयुक्त शिक्षण सिकाइ क्रियाकलाप एवं पहुँचयुक्त ब्यबहार सम्बन्धी
एक कार्यशाला आयोजना गर्ने र त्यसलाई आवश्यकताअनुसार नियमित गर्दै
लैजाने पनि सहमतीपत्रमा उल्लेख छ।
विश्व विद्यालयको पुस्तकालयमा रहेका छापा पुस्तकमा पहुँच सुनिश्चितताका निम्ति अपाङ्गता भएका विद्यार्थीको अनुरोधबमोजिम पुस्तकालयमा उपलब्ध पठनसामग्री
बढीमा पन्ध्र दिन भित्र डिजिटल
ढाँचामा उपलब्ध गराउने, विश्व विद्यालयले खरिद गर्ने पुस्तक एवं अन्य सन्दर्भ सामग्रीहरू पहुँचयुक्त डिजिटल ढाँचासमेतमा खरिद गर्नुपर्ने, तथा विश्व विद्यालयको पुस्तकालयमा उपलब्ध
सन्दर्भ सामग्री क्रमश प्रगतीशील रुपमा
डिजिटाइज्ड गर्दै लैजाने समेत सहमतीपत्रमा
उल्लेख छ।
सो सम्झौता कार्यन्वेयनका सम्बन्धमा विश्व
विद्यालय अन्तर्गतको अनुगमन तथा मुल्याङ्कन निर्देशनालयले नियमित एवं
आवधिक रुपमा अनुगमन गरी समय समयमा
विद्यार्थीलाई कार्य प्रगती विवरणबारे जानकारी उपलब्ध
गराउनुपर्नेछ। विश्व विद्यालय सबै किसिमका विद्यार्थीका निम्ति पहुँचयुक्त
हुनुपर्ने र कुनै पनि बहानामा विद्यार्थीलाई भिन्नकरण, पृथकिकरण वा पहुँचयुक्तता
एवं उपयुक्त अनुकुलताको उल्लङ्घनमार्फत हुने बिभेदका विरुद्द सङ्घठन हरहमेसा
सङ्घर्षरत रहने सङ्घठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।