मुख्य समाचार
कृषि, शिक्षा, स्वास्थ्य र डिजिटल सुशासनमा जोड : बनेपाको महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक | कृषि, पर्यटन र व्यापारमार्फत समृद्ध नमोबुद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक | पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको निधन | पनौतीले प्रविधिमैत्री र समृद्ध नगर निर्माणलाई प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम स्वीकृत | बनेपा–६ मा योजना तर्जुमा गोष्ठी सम्पन्न, जनआवश्यकतामा आधारित योजना छनोट | 'जाँगरको कल्पवृक्ष’ कवितासङ्ग्रह सार्वजनिक | नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई |

साहित्य र कला
डा. योगीको निबन्धकृति ‘चेतना यात्रा’ लोकार्पण

Thearaniko Times 1381+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

काठमाडौं । डा. चिन्तामणिनाथ योगीको आध्यात्मिक निबन्धसङ्ग्रह ‘चेतना यात्रा’ लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रा.डा. प्रेमनारायण अर्याल, प्रा.डा. भागवत ढकाल, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, अम्बिका केसी तथा कृतिकार डा. योगीले संयुक्त रूपमा कृतिको लोकार्पण गरे ।

कृतिमाथि परिचर्चा गर्दै प्रा.डा. ढकालले ‘चेतना यात्रा’ गीताको आदर्शलाई आधार बनाएर लेखिएको कृति भएको बताए । जीवन, जगत् र समाजका लागि उपयोगी यस कृतिले पाठकको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उनले भने, “ज्ञान, विज्ञान र चेतनाको समन्वय गर्दै जीवन र दर्शनलाई जोडिएको कृति आएको छ ।”

अर्का वक्ता पोखरा विश्वविद्यालयका प्रा.डा. अर्यालले डा. योगीसँगको पुरानो सम्बन्ध स्मरण गर्दै पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा उनलाई प्रवचनका लागि आमन्त्रण गरिएको अनुभव साझा गरे ।

कृतिकार डा. योगीले अध्यात्म र दर्शनको पृष्ठभूमिमा कृतिको रचनागर्भबारे प्रकाश पार्दै आफू मातृभूमिको सेवक भएको उल्लेख गरे । उनले स्वान्तः सुखायका लागि लेख्ने गरेको बताउँदै भने, “म ॐकारको साधनामा छु । लेखक भएँ कि भएनँ, थाहा छैन ।”

कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यकार पवन आलोक, पूर्वप्रशासक अम्बिका केसी तथा भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरे ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा शान्तिमाया गिरीले सहजीकरण गरेकी थिइन् भने शंकर भारतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार