मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

बिलिङ प्रकरण
नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा

Thearaniko Times 1401+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौँ, जेठ २६ –नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा भ्रष्टाचार गरेको आरोपमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

टेलिकमको बिलिङ प्रणाली लगायतमा भ्रष्टाचार गरेको आरोपमा पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

अख्तियारका अनुसार टेलिकमको “कस्टमर बिलिङ एण्ड रिलेसनसिप म्यानेजमेन्ट सिस्टम (CBRMS)” खरिद तथा कार्यान्वयनमा ठेक्का प्रक्रिया र सार्वजनिक खरिद ऐन विपरीत कार्य गरि राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको छ। यस प्रकरणमा संलग्न रहेका उच्च तहका पदाधिकारी र निजी कम्पनीका प्रतिनिधिहरूले मिलेमतोमा भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको हो।

विशेष अदालतमा दायर गरिएको मुद्दामा संगीता पहाडी र सुनिल पौडेलसहित टेलिकमका तत्कालीन उच्च अधिकारी, प्राविधिक सल्लाहकार तथा ठेक्का प्राप्त कम्पनीका प्रतिनिधिहरूसमेत छन्। उनीहरूविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आरोपितहरुले सार्वजनिक सम्पत्ति दुरुपयोग गरेर राज्यलाई आर्थिक क्षति पुर्‍याएको प्रमाण फेला परेकाले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।"

आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाइएको छ । पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा सरकारले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

नेपाल टेलिकमको बिलिङ प्रणाली विकासका लागि करोडौं रुपैयाँको लगानी गरिएको थियो। तर, प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा आउन नसक्नु र खरिद प्रक्रियामा अनियमितता देखिएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

यस घटनाले राज्य स्वामित्वको कम्पनीमा हुने उच्च तहको अनियमितता र त्यसको नियमनप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार