मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

विद्यार्थीमाथि यौनहिंसा र दुव्र्यवहार गरेको आरोपमा प्रअ विरुद्ध प्रहरीमा उजुरी

Thearaniko Times 1394+ समाचार ( )
२४ श्रावण २०८०, बुधवार

मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिका वडा नं. ११ स्थित् चण्डेनी मा.बि. तिमल्सिनागाउँका प्र.अ. र सहायक प्र.अ. विरुद्ध विद्यार्थीलाई यातना र यौनदुव्र्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा पीडित पक्षले आज उजुरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी डिएसपी ढुन्डीराज न्यौपानेले चण्डेनी मा.बि. प्र.अ. र सहायक प्र.अ. विरुद्ध उजुरी परेको स्वीकार गर्नुभयो । वास्तविकता के हो छानविन गरेपछि पत्ता लाग्छ, सम्बन्धित् पक्षलाई झिकाएर भोलि छलफल गर्ने डिएसपी न्यौपानेले जानकारी दिनुभयो ।

मण्डनदेउपुर नगरपालिका वडा नं.–११ का वडाध्यक्ष दिपेन्द्र लामाले विद्यार्थीले आफुहरु प्र.अ.बाट पीडित भएको भनी शुरुमा सोमबार वडा कार्यालयमा आएर निवेदन दिएको र मंगलबार पनि तिनै विद्यार्थी तिनै कुरा लिएर आएपछि सम्झाइबुझाई पढ्न जाउ भनी पठाएको बताउँदै आज विव्यसको बैठक राखी शिक्षक र विद्यार्थीहरुसँग सोधपुछ गर्दैगर्दा पीडित पक्ष भने विव्यससँग कुनै छलफल नै नगरी एकैचोटी जिल्ला प्रहरी कार्यालय पुगेर जाहेरी दिन गएको बताउनुभयो । वडाध्यक्ष लामाले आफ्नै निर्देशनमा विव्यसको बैठक राखी वास्तविकता के हो ? दोषी होकी हैन ? पत्ता लगाउन खोज्दा आफुसँग कुनै सल्लाह नगरी पीडित पक्ष जिल्ला प्रहरी कार्यालय गएकोमा अचम्म लागेको बताउँदै अब प्रहरीले नै वास्तविक के हो पत्ता लगाउन सक्ने जानकारी दिनुभयो । ‘पीडित पक्षको पनि कुरा सुन्न पाएको भए वडाको क्षेत्राधिकारभित्र रही के कसो गर्ने भन्नेबारे छलफल गर्न सकिन्थ्यो, तर त्यसो हुन सकेन दोषी भए कानून अनुसार कारवाही हुनुपर्छ’–वडाध्यक्ष लामाको भनाई थियो ।

चन्डेनी मा.वि.का विव्यस अध्यक्ष महेन्द्र सापकोटाले प्रहरीमा उजुरी परिसकेको हुँदा प्रहरीले वास्तविक छानविन गर्लान् । म यति भन्छु दोषी नउम्कियोस् निर्दोष नफसोस् भन्नुभयो । पीडित विद्यार्थीहरुले वडा कार्यालयमा सोमबार उजुरी दिएको, उजुरी परेपछि वडाध्यक्षको सक्रियतामा विव्यसको आज शिक्षक र विद्यार्थीहरुसँग स्पष्टीकरण सोध्ने काम भएको तर पीडित भनिएकाहरुले विव्यससँग कुनै कुरै नगरी सिधै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएकोले यसबारे आफु अहिले बोल्न नचाहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

प्र.अ. हेमराज विश्वकर्माले आफुबाट कुनै गल्ती नभएको, पीडित भनिएका विद्यार्थी नियमित विद्यालय नआउने गरेकोले पटक पटक सम्झाएको र अभिभावकलाई पनि जानकारी दिएको बताउनुभयो । प्रअ विश्वकर्माले आफुले छोरी जस्तै मानेका विद्यार्थीबाट यस्तो आरोपसहित प्रहरीकोमा उजुरी परेको सुन्दा छक्क परेको बताउनुभयो ।

पीडित विद्यार्थीहरुले आफुलाई प्र.अ.ले अनावश्यक कुटपिट गर्ने, गलत ठाउँमा छुने, अभद्र व्यवहार गर्ने जस्ता आरोप लगाएका छन् ।

यसैबीच अनेरास्ववियु जिल्ला कमिटी काभ्रेका अध्यक्ष मिलन गौतमले मन्डनदेउपुर मा.वि.मा शिक्षकले विद्यार्थी माथि यौन दुव्र्यवहार भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र आएकोले सो कुरामा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सम्बन्धित निकायलाई सत्यतथ्यको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन अनेरास्ववियु जोडदार माग गर्दछ’– विज्ञप्तिमा भनिएको छ । यदि कुनै बहानामा दोषीलाई उन्मुक्ति दिने प्रयास भएमा अनेरास्ववियु काभ्रे थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार