मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

हिजो श्वास गन्हाउथ्यो अहिले बास्ना आउन थालेको छ - अध्यक्ष नेपाल

Thearaniko Times 1394+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

बनेपा/नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले हिजो नेकपा एमाले र एकीकृत समाजवादी एक ठाउँमा बस्नै नसकिने गरी श्वास गन्हाउने भएकोमा अहिले भने बास्ना आउन थालेको बताउनु भएकाे छ ।

आज बनेपामा भएको नेकपा (एकीकृत समाजवादी) काभ्रेको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो।

उनले देशमा भएका सबै कम्युनिष्टहरुलाई मिलाउन चाहन्छौ, नेपालका सबै कम्युनिस्टहरु एकै ठाउँमा एकै थलोमा आउन्, एउटा पार्टी बनाउन् भन्ने हाम्रो घोषित नीति भएको बताउँदै उनले राजनीतिमा स्थायी शत्रु नहुने बताउनुभयो ।

 एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ गठबन्धनप्रति विश्वास र शंका दुवै रहेको बताउनुहुँदै नयाँ समीकरण र सरकार आफ्नो दलसहित पाँच दलको सहमति भइसकेकाले शंकाको लाभ दिने पक्षमा पार्टी उभिने बताए । उनले अगाडि भन्नुभयो -‘हामीले ब्लाइन्ड सपोर्ट गर्ने पनि होइन, ब्लाइन्ड विरोध गर्ने पनि होइन, बेनिफिट अफ डाउट दिएर अघि बढ्नुपर्छ।

नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली र व्यवहारमा रूपान्तरण ल्याउन उनले कार्यकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो । ‘सबै ठाउँमा कसरी अगाडि बढ्ने छलफल चल्छ भन्नुहुँदै सरकार चलाउने न्यूनतम कार्यक्रम मस्यौदा तयार गरी कार्यदलले आजैमात्र बुझाएको जानकारी दिनुभयो।

अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन,  हामी सिंगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ । हामीलाई देश बनाउनुछ,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नु छैन । प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि चाहिएको होइन, देशको प्रगति र परिवर्तन चाहिएको हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार