मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

सम्मान
काभ्रेपलाञ्चोकबाट चार प्रेरक सेवाकर्मी, ‘राष्ट्रिय रत्न सम्मान २०८२’ बाट विभूषित

Thearaniko Times 1394+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

भक्तपुर, बोडे । “सेवा गर्नेहरूलाई सम्मान, प्रेरणा दिनेहरूलाई कदर, र राष्ट्रलाई उचाइमा पुर्‍याउनेहरूलाई श्रद्धा” भन्ने मूल मन्तव्यका साथ समारी इन्टरनेशनल इभेन्टले आयोजना गरेको ‘राष्ट्रिय रत्न सम्मान तथा अवार्ड २०८२’ भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका चार विशिष्ट व्यक्तित्व—अनिला कायस्थ, नवराज बजगाई, संगम थापा र राजन अधिकारी—लाई सामाजिक सेवा, पत्रकारिता, श्रमिक अधिकार तथा सामुदायिक रूपान्तरणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको हो।

प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामा प्रमुख अतिथिका रूपमा सहभागी रहेको कार्यक्रममा “यो सम्मान केवल एउटा अवार्ड होइन, यो भविष्यका पुस्तालाई बाँडिने एउटा प्रेरणादायी सम्पदा हो” भन्ने उद्घोष गुञ्जिएको थियो।

समारोहमा आयोजक संस्थाका तर्फबाट भनिएको थियो, “Recognizing those who served, inspired, and uplifted our nation. This isn’t just an award — it’s a legacy.” (#RastriyaRatnaSamman2025) — जुन यस सम्मान कार्यक्रमको मूल भावना हो।

चारैजना सम्मानित व्यक्तित्वहरूले आ–आफ्नो क्षेत्रमा निस्वार्थ सेवा, सामाजिक नेतृत्व र जनचेतनामा महत्वपूर्ण योगदान गर्दै राष्ट्र निर्माणमा उदाहरणीय भूमिकाको निर्वाह गर्दै आएका छन्। उनीहरूको कार्यले न केवल वर्तमान समाजलाई मार्गदर्शन गरेको छ, भविष्यका लागि प्रेरणाको स्रोत बनेको आयोजकको भनाइ थियो।

कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, कलाकार, सञ्चारकर्मी, जनप्रतिनिधि र सांस्कृतिक अगुवाहरूको उपस्थिति रहेको थियो। सम्मान, प्रेरणा र साझा उद्देश्यको भावनाले भरिएको समारोहले “राष्ट्रिय रत्न सम्मान” अब केवल एक अवार्ड नभएर राष्ट्र निर्माणमा समर्पित सेवकहरूको नाममा लेखिने एक ऐतिहासिक दस्तावेज बन्न थालेको सन्देश दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार