मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

कुनै दबाब र प्रभावमा नपर्ने‌ जिल्ला प्रहरी प्रमुखको भनाई

Thearaniko Times 1375+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी वशुन्धरा खड्काले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने क्रममा आफु कुनै दबाब र प्रभावमा नपर्ने बताउनुभएको छ। आज जिल्लाका सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै प्रहरी प्रमुख खड्काले
तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी हुन् । उनले शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने, आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताईन् ।

एसपी खड्काले जिल्लामा रहेका तस्करी र गुडागर्दी एवं अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलतामा बसेर आफू काम गर्ने प्रतिबद्धता रहेको एसपी खड्काले बताईन् ।

जिल्लामा हुने गुडागर्दी, तस्करी र आर्थिक लेनदेनमा कुनै पनि सझौता हुन सक्दैन । प्रहरी महानिरिक्षक साबको पनि यै निर्देशन रहेको छ र मेरो मातहातभित्र कुनै पनि छवि बिगाने कोही ब्यक्ति भेटियो भने त्यस्तालाई तत्काल कारवाही गर्छु, उनले भनिन्-
'आफू कुनै नयाँ नारा नदिई नेपाल प्रहरीले निर्धारण गरेको ‘सत्य सेवा सुरक्षणमलाई नै मुल नारा मानी आम नागरिकलाई भयमुक्त वातावारणमा शान्ति सुरक्षाको प्रत्याभुति गराउने मेरो र मेरो संगठनको चाहना छ ।'

अपराधमुक्त एवं भयमुक्त वातावरण बनाउनमा पत्रकार, नागरिक समाज र सर्वसाधारण जनताहरुको सहयोग प्रहरीलाई अनिवार्य आवश्यकता रहेको समेत उनको भनाइ थियो । एसपी खड्काले पत्रकारहरुको छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रदान हुने हरेक किसिमका सेवा तथा सूचनाहरु सही समयमा सबैलाई उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाईन् ।

जनताको साथ र सहयोग नभई प्रहरी अगाडि बढ्न नसकिने जिकिर गदै आम काभ्रेबासीले प्रहरीलाई समयमा नै सुचना दिई जिल्लाको बारेमा सदैव प्रहरीलाई सहयोग गर्नसमेत एसपी खड्काले आग्रह गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका  अध्यक्ष बद्रीराज तिमल्सिना र निवर्तमान सभापति मोतीराम तिमल्सिनाले प्रहरीले समयमा नै सुचना दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकृत राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार