नेपाललाई काण्डैकाण्डको देशको परिचय बोकाउन खोजेको अवस्थालाई नेकपा(माओवादी केन्द्र)को सरकारले निम्ट्यान्न पार्न खोजेको थियो । भ्रष्टाचार विरोधी कदमका रुपमा हाईप्रोफाईल नेताहरु, अरबपति ब्यापारी, बहालवाला सचिव, पुर्व सचिव, कर्मचारीहरु, पुर्वमन्त्रीहरु भट्टाभट कारवाहीमा पर्न थालेको जनताले पहिलोपटक देखिनेगरी सुशासनको अनुभुती गरेको थियो । जुन कुरा तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकोरुपमा सम्मानित संसदमा उहाँको कार्यकालको अन्तिम सम्बोधनमा स्पष्ट रुपमा हामीले पाउन सक्छौं ।
नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारले गरिरहेको भ्रष्टाचार विरोधी कामले त्रसित भएर सरकार ढालेको र सत्तारोहणको १०० दिन कटिसक्दा पनि देश र जनताले राम्रो भन्न सक्ने उदाहरणीय काम हुन नसक्दा जनता निराश भएको अवस्था छ । जुन कुराको निराशा अहिले सडकमा पोखिन शुरु भै सकेको छ । १०० दिनको अवधीमा ८९ अरब सार्वजनिक ऋण थपिएको समाचारले जनतामा अझ निराशा थपिएको छ । अघिल्लो सरकारले मितव्ययी सरकारको छाप बसालेको तात्कालिन अर्थमन्त्री वर्षमानपुनले सम्मानित संसदमा त्यसको डाटासहितको प्रस्तुतिबाट पुष्ट्याएको थियो ।
असोज १२ मा अविरल वर्षाले देशको काभ्रे, ललितपुर, सिन्धुली लगायतका धेरै क्षेत्रमा जनधनको क्षति पुर्याएको थियो तर सरकारले बाढी पीडितहरुका लागि उचित राहत उध्दारको काम समेत गर्न सकेको छैन । आजसम्म पनि जनता पालमा बिताउन परेको समाचार आउँदा दु:ख लाग्छ । नखुखोलाको बाढीमा घण्टौंसम्म फसेकाहरु उधारहुन नसकेर खोलाले एउटा पुरै परिवार बगाएको जनताले देखेकै छ ।
नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारले देशमा सुशासन,समृद्धि प्राप्त गर्न गरेका केही मुख्य मुख्य असल कामहरुको वुंदागत रुपमा यस अंकमा चर्चा गर्न जाँदैछु ।
१) नक्कली भुटानी शरणार्थी काण्ड:
बालकृष्ण खाँड, टोपवहादुर रायमाझी,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका हाईप्रोफाईलहरुलाई पक्राउ गरि दण्ड सजायँ दिलाउन खोजेको अवस्था छ । जसमा काङ्ग्रेस, एमालेका नेतृत्वमा रहेका ठुला नेताका आफ्नै मान्छेहरुको नाम समेत मुछिएको थियो ।
२) नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म के भयो यहाँ चर्चा गरौं जुन सामाजिक सन्जालवाट साभार गरिएको छ ।
• ४ जेठ: शरणार्थी नेता टेकनाथ रिजाल र हज कमिटिका अध्यक्ष शमशेर मिया पक्राउ
• १ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङ्टावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित
• ३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
• ३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाँड सहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको ।
• २७ वैशाख: पूर्वगृहमन्त्री वालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ ।
• २७ वैशाख: पूर्वउपप्रधानमन्त्री टोप वहादुर रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनी सचिव पदबाट निलम्बित गरिएको ।
• २० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ
• २० वैशाख: टोपवहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समेत पक्राउ ।
• २० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पक्राउपुर्जि जारी गरिएको ।
• १९ वैशाख: तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ ।
• १२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ ।
३) मुख्य नाईके भनिएका बेचन झा पक्राउ परे लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्व सरकार ढलेको थियो ।
• गिरिबन्धु टि-स्टेट काण्ड
गिरिवन्धु टिस्टेट काण्ड नेपालमा एक विवादास्पद मुद्दा हो। यो प्रकरणमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले झापास्थित गिरिवन्धु चिया बगान (गिरिवन्धु टि-स्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न अनुमति दिएको थियो। सर्वोच्च अदालतले यो निर्णयलाई “अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त” भन्दै बदर गरेको छ ।
सर्वोच्च अदालतले यो निर्णय कानूनी प्रावधानअनुकूल नभएको भन्दै तत्कालीन मन्त्रिपरिषद्को निर्णयलाई बदर गरेको हो। अदालतले कृषि उद्योगका लागि छुट दिइएको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने व्याख्या गरेको छ ।
• बालमन्दिर जग्गा काण्ड:
२८ रोपनी ५ आना जग्गा बिशालग्रुपको चंगुलवाट उम्काउन कारवाही अगाडि बढाएको छ । २०७२ सालमा २१३२ साल सम्मका लागि वार्षिक ९० लाखमा भाडा सम्झौता गरि दिएको थियो । २९ रोपनी जग्गा मध्य ९ रोपनी भारतिय शिक्षा बोर्डवाट संचालित राय स्कुललाई सवलिजमा बृहस्पति स्कुलले प्रदान गरेको थियो । धेरैजसो सम्झौता काङ्ग्रेस सन्त नेता गणेशमान सिंह कि पुत्री, प्रकाशमान सिंहका बहिनी रीता सिंहको कार्यकालमा भएको थियो उक्त सम्झौता खारेज गरिएको छ । जसवाट बिशालग्रुप प्रचण्ड सरकारबाट रुष्ट बनेको थियो।
बाँसवारी छालाजुत्ता काण्ड:
बिनोद चौधरीको भाईलाई हिरासतमा लिई कारवाही अगाडी वढाएको हाल सो जग्गा सार्वजनिक कायम भएको छ ।
• बालुवाटार ललिता निवास जग्गा काण्ड:
११३ रोपनी भन्दा वढी जग्गा रहेको देशकै मुटुमा रहेको प्रधानमन्त्री निवास बालुवाटारको जग्गा लामोसमयदेखी अतिक्रमित अवस्थामा थियो तर दोषीलाई कारवाही गर्न सकेको अवस्था थिएन तर जब प्रचण्ड नेतृत्वको सरकारले विशेष अदालतमा मुद्दा दर्ता गरेर यो काण्डलाई माथि उकास्यो र बालुवाटारको विवादित जग्गा सरकारी घोषणा अदालतवाट गराउन सफल भयो, मिनवहादुर गुरुङ लगायत शक्तिशाली ब्यक्तिहरुलाई समेत पक्राउ गर्न सफल भएको थियो । जुन सुशासनको पक्ष थियो । यो प्रकरणमा ६५ जना भन्दा बढी व्यक्तिको नाममा दर्ता भएको जग्गा सरकारी कायम गर्ने निर्णय भएको थियो ।