मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको १२ औं स्मृति दिवस मनाइयो

Thearaniko Times 1401+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं, साउन ९ – नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता क. नरबहादुर कर्मचार्यको १२ औं स्मृति दिवसका अवसरमा आज विशेष कार्यक्रमका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ।

पाटनको ऐतिहासिक कुम्भेश्वर मन्दिर परिसरमा रहेको उहाँको सालिकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ लगायत पार्टीका शीर्ष नेताहरुले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो अवसरमा क. कर्मचार्यका परिवारजन, भाइबुहारी चन्द्रलक्ष्मी कर्मचार्य, स्मृति प्रतिष्ठानका पदाधिकारी, स्थानीय नेताहरू तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमकै क्रममा क. नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानले उहाँको जीवन संघर्ष र योगदानमा आधारित श्रद्धाञ्जली गीत सार्वजनिक गरेको छ। उक्त गीतको विमोचन अध्यक्ष प्रचण्डले गर्नुभएको हो।

यसै सन्दर्भमा आज दिउँसो २ बजे राष्ट्रिय नाचघर जमलमा एक विशेष जनसांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कर्मचार्यको जन्म शताब्दी समारोहअन्तर्गतको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड र माधवकुमार नेपाल प्रमुख तथा विशिष्ट अतिथि रहनेछन्।

समारोहमा साहित्य, संस्कृति र कलाको क्षेत्रमा विशेष योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिने पनि आयोजकले जानकारी दिएको छ।

स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्षले सम्पूर्ण आमन्त्रित अतिथि तथा सहभागीहरूलाई निर्धारित समयमै कार्यक्रममा उपस्थिति जनाइदिन विशेष अनुरोध गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार