मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

चौरीदेउराली गाउँपालिकाले वितरण गरे १०० जना अपांगलाई ब्लाङकेट

Thearaniko Times 1401+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

 चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईंले आफ्नो गाउँपालिकाभित्रको ९ वटै वडाहरुको पूर्ण अपांगता भएका १ सय जनालाई ब्लाङ्केट वितरण गर्नुभएको छ।

२०८० माघ १५ गतेबाट प्रत्यक्ष घर-घरमा पुग्नु भई समस्याको पहिचान गरी सुरु गरी ब्लाङ्केट वितरण कार्यक्रम हालै सम्पन्न गर्नुभएको हो। ब्लाङ्केट वितरणको क्रममा गाउँपालिकाको अध्यक्ष रेणुका चौलागाईं प्रायःजसो अपांग भएको व्यक्तिको घर -घरमा पुग्नु भएर अपांग भएको व्यक्ति र उक्त घर परिवारहरूको समस्या, पीडा र मर्मलाई प्रत्यक्ष रूपमा बुझ्नुका साथै अपांग र अपांगता भएको परिवारको समस्याहरुको बारेमा छलफलसमेत गर्नु भएको थियोे। अपांग भएका व्यक्तिहरूलाई सहयोगको लागि गाउँपालिकाको तर्फबाट ब्लाङकेट वितरण गर्नुभएको थियो। 

कार्यक्रमबाट लाभान्वित परिवार र अपांग व्यक्तिहरूले गाउँपालिकाको यस कार्यक्रमबाट प्रभावित भइ गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको  प्रसंसा गर्दै आफूहरूलाई सहयोग गर्नुभएकोमा भावुक भइ अध्यक्षप्रति आभार व्यक्त गर्नुभएका थिए। गाउँपालिका अध्यक्ष चौलागाईंले अपांगहरू सेवा र सहयोग लागि पालिका र आफू समर्पित भएर लाग्ने प्रतिज्ञा गर्नुभयो।

ब्लाङ्केट वितरण कार्यक्रम प्रत्यक्ष सहजीकरण गाउँपालिका पञ्जिकरण शाखामा कार्यरत उर्मिला परियारले गर्नुभएको थियो । कार्यक्रमलाई सफल बनाउनको लागि उर्मिला परियारले  कार्यक्रमको व्यवस्थापन र ब्लाङ्केट वितरण कार्यमा ९ वटै वडाहरूको विभिन्न बस्तीहरूमा पुगेर आफैं खटेर प्रभावकारी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियोे।  यस ब्लाङ्केट वितरण कार्यक्रम सम्पन्न गर्नको लागि ८. नं. वडाको अध्यक्ष एवं गाउँपालिकाको प्रवक्ता धन लामा, ३. नं. वडा अध्यक्ष चित्रप्रसाद चौलागाईं, ५ न. वडा अध्यक्ष कृष्णप्रसाद गौतम, ९. नं.  वडाका अध्यक्ष राम लामा, चौरीदेउराली -२ वडा स्थित खाँडादेवी मा.वि.का शिक्षक एवं समाजसेवी कलम नेपाली र गाउँ पालिकामा कार्यरत पुष्कर लामाले महत्त्वपूर्ण साथ र सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार