मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

पालिकालाई सम्मान
चुस्त लेखा प्रणाली, शून्य बेरुजु : महाभारत गाउँपालिकालाई महालेखाको सम्मान

Thearaniko Times 1394+ समाचार ( )
१५ असार २०८२, आइतबार

काठमाडौं/देशमा आर्थिक अनुशासन खस्कँदै गएको बेला स्थानीय तहहरूमा बेरुजुको आकार दिनप्रतिदिन बढ्दो छ । संघदेखि स्थानीय तहसम्मका निकायहरूमा देखिएको अपारदर्शिता र अस्वस्थ आर्थिक अभ्यासका कारण लेखापरीक्षणमा उल्लेखित बेरुजु रकम झण्डै १३ खर्ब नजिक पुगेको छ । पाँच वर्षको अवधिमा बेरुजु दोब्बर वृद्धि भएको छ, जुन चिन्ताजनक संकेत हो ।

तर, यसैबीच काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले भने उदाहरणीय पारदर्शिता प्रदर्शन गर्दै आर्थिक वर्ष ०८०/८१ मा शून्य बेरुजु कायम गर्न सफल भएको छ । यस उपलब्धिको कदरस्वरूप महालेखा परीक्षकको कार्यालयले गाउँपालिकालाई उत्कृष्ट पालिकाका रूपमा सम्मान प्रदान गरेको हो ।

महालेखाको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।

सम्मान ग्रहणपछि अध्यक्ष जिम्बाले भन्नुभयो, “निष्ठा र कानुनअनुसार कार्य सम्पादन गर्नु नै शून्य बेरुजुको प्रमुख कारण हो । हाम्रोभन्दा पनि कानुनबमोजिम काम गर्‍याैँ, त्यसैले यस्तो सम्भव भयो ।” उहाँले थप भन्नुभयो, “यो उपलब्धि हाम्रो संस्था, कर्मचारी, जनप्रतिनिधि र सेवाग्राही आम नागरिकको संयुक्त प्रयासको परिणाम हो ।”

महालेखाले दिएको यो सम्मानले गाउँपालिकाको पारदर्शी र उत्तरदायी आर्थिक अनुशासनप्रतिको प्रतिबद्धता पुष्टि गरेको छ । अघिल्लो वर्ष पनि शून्य बेरुजु कायम गर्न सफल भएको यस पालिकाले आफूले अवलम्बन गरेको आर्थिक अनुशासनलाई निरन्तरता दिँदै उदाहरणीय अभ्यासको सुरुवात गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार