मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

रोशी–१ का वडाध्यक्ष लामाको निधन, पार्थिव शरीरमा एमाले नेता इश्वर पोखरेल झण्डा ओढाए
रोशी–१ का वडाध्यक्ष लामाको निधन, पार्थिव शरीरमा एमाले नेता इश्वर पोखरेल झण्डा ओढाए

Thearaniko Times 1401+ समाचार ( )
८ पौष २०८१, सोमबार

रोशी/रोशी गाउँँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामाको क्यान्सरका कारण मृत्यु भएको छ । वडाध्यक्ष लामा विगत एकवर्षदेखि ब्रेनट्युमरको उपचार गराइरहनु भएको थियो । उपचारपछि वडाध्यक्ष लामाको स्वास्थ्यमा सुधार भएको थियो । उपचारपछि पछिल्लो समय गाउँमा गइ सेवाग्राहीहरुलाई सेवा दिन थालेका लामा अशोज १०, ११ र १२ गते परेको अविरल वर्षाको गएको बाढी पहिरोले गरेको विनाशपछि तनावमा परेका थिए । रोशी १ मा बनेको अस्पतालका साथै फलामेसाँघु लगायत विभिन्न बस्तीलाई क्षति पु¥याएपछि स्थानीयको रुवाबासीका कारण दौडधुप गर्नुपर्दा रोग बल्झिन पुगेका थिए । सोही तनावका बीच उपचारका लागि खाद्यान्न पु¥याउन गएको सैनिक हेलिकोप्टरमा आएका वडाध्यक्ष लामालाई निमोनियाँ देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

२०५८÷०५९ राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय लामा एमालेमा प्रवेश अघिसम्म राप्रपाको जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । यसअघि २०७४ को स्थानीय निर्वाचनमा राप्रपाबाटै टिकट लिई रोशी गाउँपालिकाको १ नं.वडामा वडाध्यक्षमा निर्वाचित भएका लामा हाल नेकपा एमाले काभ्रेपलाञ्चोकको जिल्ला कमिटी सचिवालय सदस्य र रोशी १ मा एमालेबाट वडाध्यक्षमा निर्बाचित जनप्रतिनिधि रहेका थिए ।  

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एक विज्ञप्ति प्रकाशित गरी शोक व्यक्त गरेका छन् ।

यसैबीच रोशी गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले हस्ताक्षर गरेको शोक विज्ञप्तिमा सोमबार रोशी गाउँपालिकाभित्र शोक बिदा दिइएको छ ।

यसैगरी नेकपा एमाले पनि एक शोक विज्ञप्ति जारी गरी असामयिक निधनको खबर स्तब्ध भएको जनाएको छ ।

वडाध्यक्ष लामाका पार्थिव शरिरमा एमाले नेता इश्वर पोखरेलले कम्यूनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेको थिए। आज काठमाडौंको स्वयम्भुमा भएको अन्त्यष्टिमा गाउँपालिकाका पदाधिकारीहरु। एमालेका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार