मुख्य समाचार
सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड |

समाज/राजनीति
जापानिज विद्यार्थी धुलिखेलमा भावुक सिकाइ र अनुभवको आत्मीय आदान–प्रदान

Thearaniko Times 1372+ समाचार ( )
२७ माघ २०८२, सोमबार

नेपालको सामाजिक, सांस्कृतिक र शैक्षिक परिवेश अध्ययन गर्न आएका जापानका दुई विश्वविद्यालयका विद्यार्थीहरू धुलिखेलमा आयोजित कार्यक्रमको अन्त्यमा भावुक बनेका छन्। नेपाली विद्यार्थीहरूसँगको आत्मीय सम्बन्ध र न्यानो व्यवहारले उनीहरू आँसु झार्न बाध्य भएका हुन्।
जापानका खाएचु विश्वविद्यालय(Kaetsu University) र नागोया युनिवर्सिटी अफ फरेन स्टडीज (Nagoya university of foreign studies) का १६ विद्यार्थी तथा दुई प्राध्यापक नेपाल आएका थिए। उनीहरूले नेपालको शैक्षिक अवस्था, रहनसहन, भेषभूषा, बसोबासका तरिका तथा संस्कार–संस्कृतिको प्रत्यक्ष अध्ययन गरेका छन्। यस क्रममा उनीहरूले शैक्षिक संस्था, धार्मिक स्थल र पौराणिक महत्व बोकेका बस्तीहरूको भ्रमण गरेका थिए।

ग्रामीण समाज कल्याण संघ नेपाल (आर्सो–नेपाल) र भरोसा एकेडेमी एण्ड कल्चरल सेन्टर, बनेपाको समन्वयमा सम्पन्न उक्त अध्ययन भ्रमणका सहभागीलाई धुलिखेलमा आयोजित विशेष कार्यक्रममा स्वागत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न ढकालले नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले समृद्ध देश भएको उल्लेख गर्दै विदेशी विद्यार्थीहरूको आगमनले आपसी सम्बन्ध अझ प्रगाढ हुने बताउनुभयो।
आर्सो–नेपालका सल्लाहकार सन्तवीर तामाङले यो भ्रमणले नेपाली र जापानिज विद्यार्थीलाई एक–अर्काको समाज बुझ्ने महत्वपूर्ण अवसर दिएको भन्दै यसलाई ऐतिहासिक बनाउने आग्रह गर्नुभयो। संस्थाका अध्यक्ष पदम दुलालले नेपाल र जापान दुवै देशका आ–आफ्नै मौलिक कला, संस्कृति र परम्परा रहेको उल्लेख गर्दै नयाँ पुस्ताले यस्ता कार्यक्रममार्फत एक–अर्काबाट सिक्नुपर्ने धारणा राख्नुभयो। महासचिव गुणबहादुर लामाले यो अध्ययन भ्रमण विद्यार्थीहरूका लागि सुनौलो अवसर भएको बताए।

विद्यार्थीहरूलाई खाएचु विश्वविद्यालय(Kaetsu University) का प्रोफेसर पिएचडी अकियामा सुयोशी(Mr. Akiyama Tsuyoshi) र नागोया युनिवर्सिटी अफ फरेन स्टडीज (Nagoya university of foreign studies)विश्वविद्यालयका डा. प्रोफेसर विश्वराज कँडेल(Mr. Bishwa Raj kandel PhD.)ले सहजीकरण गर्नुभएको थियो। उनीहरूको नेतृत्वमा टोलीले धुलिखेल, नमोबुद्ध, काठमाडौंका पुरातात्त्विक स्थलहरू अवलोकन गर्नुका साथै पूर्ण सञ्जीवनी लंखनामाई माध्यमिक विद्यालयमा शिक्षण–सिकाइ अनुभव साटासाट गरेको थियो। जापानिज विद्यार्थीहरूले विद्यालय परिसरमा सरसफाइ र भवन रङ्गरोगनमा समेत सहभागिता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा छुट्टिने बेला जापानिज र नेपाली विद्यार्थीहरू एक–अर्कालाई अँगालो हाल्दै भावुक बने। दुवै पक्षका विद्यार्थी रोएपछि विद्यालय परिसर करुण र भावनात्मक वातावरणमा परिणत भएको थियो।

जापानिज विद्यार्थी निजिनो सान(Nijino San)ले नेपाली विद्यार्थीहरू अत्यन्त आत्मीय, सहयोगी र मायालु लागेको भन्दै भावनाले आँसु झरेको बताउनुभयो। अर्की विद्यार्थी हानोका सान (Hanoka San)ले तीन दिनसम्म विद्यालयमा आएर जापानका खेल र सिकाइ विधिबारे जानकारी बाँड्दा निकै रमाइलो अनुभव भएको तर बिदाइका बेला मन भारी भएको बताइन्।
टोलीले बनेपा नगरपालिका–६ गोसाईथानस्थित श्री नैमिषारण्य संस्कृत गुरुकुलको समेत अध्ययन अवलोकन गरेको थियो। यस अध्ययन भ्रमणले नेपाली र जापानिज विद्यार्थीबीच सिकाइ र अनुभव आदान–प्रदान हुनुका साथै दुई देशबीचको सम्बन्ध सुदृढ हुने विश्वास सहभागी प्राध्यापकहरूले व्यक्त गरे।
१० दिन नेपालमा बिताएको जापानिज टोलीलाई एक कार्यक्रमका बीच प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। विद्यार्थी तोमोयुकी (Tomoyuki) र नामी(Nami)ले नेपाल भ्रमण अत्यन्तै उपयोगी र सिकाइपूर्ण भएको बताउँदै आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रमका साथ पुनः नेपाल आउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार