मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


अतिक्रमण गरि बनाइएको संरचना नगर उपप्रमुख गीता बञ्जाराको उपस्थितिमा भत्काइयो

Thearaniko Times 1369+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

पनौती/पनौती नगरपालिका वडा नम्वर ४ स्थित नगरपालिका जाने सहायक मार्गमा चार महिनादेखि अवरुद्ध भईरहेको सडक निर्माण आजबाट खुलेको छ।

अतिक्रमण गरि बनाइएको संरचना नगर उपप्रमुख गीता बञ्जाराको उपस्थितिमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र प्रहरी प्रशासनकाे उपस्थितिमा भत्काइएको छ। स्थानीय सुन्तली थिङ् र राम खड्गीको घर अगाडिको वाल भत्काइएको हो।

स्थानीयहरुले सार्वजनिक जग्गा संरक्षण गर्दै निर्माण कार्य जारी राख्न गरिएको अनुरोधलाई स्वीकार गर्दै आज पनौती नगरपालिकामा भएको छलफलमा सार्वजनिक ठहरिएका जग्गाको सिमांकन गरी मापदन्ड अनुसार भत्काउने सहमति भएको थियो।

नगरप्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराको उपस्थितिमा वडाध्यक्ष दिपक दाहाल, सुन्तली थिङ लगायत स्थानीयहरुको उपस्थितिमा भएको छलफलमा विवादास्पद र सार्वजनिक ठहरिएका जग्गाहरु पुनः नापजाँच गर्ने र मापदण्ड अनुसार भत्काउँदै जाने निर्णय गरेका थिए। सोही निर्णय बमोजिम ४ महिनादेखि विवादमा परी रोकिएकाे सडक निर्माण कार्य आजबाट सुचारु भएको हो ।

वडा अध्यक्ष दिपक दाहालका अनुसार सडक निर्माण संचालन भईरहँदा स्थानीय सुन्तली थिङ र उनको परिवारले आफ्नो जमिन सडकमा परेको भन्दै सार्वजनिक जग्गालाई नीजि बनाउने प्रयत्न गरेको र सार्वजनिक जग्गा ब्यक्तिको बनाउँदै अतिक्रमण गरेपछि वडा कार्यालय मार्फत उक्त वाल भत्काउन निर्देशन दिईएको थियो । पुनः उनीहरुले आफ्नो जग्गामा भन्दा पनि सार्वजनिक जग्गामा वाल उठाउँदै आयोजना रोक्ने प्रयत्न गरेपछि स्थानीय र वडा कार्यालयले जग्गा नापी गरेका थिए । ‘जग्गा नापि गर्दा सुन्तली थिङले अतिक्रमण गरेको देखियो’–अध्यक्ष दाहालले भने–‘जग्गा अतिक्रमण गरेको देखिएपछि तत्कालै उनिहरुले लगाएको वाल आफै भत्काउन अनुरोध गरेका थियौंं । 

तर सुन्तली थिङले वाल लगाउने क्रममा केही सार्वजनिक जग्गा पर्न गएको स्विकार्दै नियमअनुसार नापजाँच गर्न आग्रह गर्नुभयो। राजनीतिक पुर्वाग्रहको आधारमा मलाईमात्र दबाव दिने काम भयो भन्नुहुँदै सुन्तली थिङले मेरो मात्र हैन त्यहाँ वरिपरि अरुपनि सार्वजनिक जग्गा मिचेर संरचना बनाएका छन् तिनीहरु पनि पुनः सिमांकन गरेर नियम अनुसार भत्काउनुपर्छ, म मेरो घर परेपनि भत्काउन तयार छु। उनले राजनीतिक पुर्वाग्रह राखेर मलाईमात्र दबाब दिनु उपयुक्त हैन भन्नुभयो।

वडा कार्यालय र स्थानीयले एकतर्फी पेलेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेमा बुधवार सुन्तली थिङले निवेदन दर्ता गराएका थिए । निवेदन परेसँगै तत्कालै प्रहरी मार्फत वडाध्यक्ष दाहाललाई प्रहरी कार्यालयमा हाजिर हुने मौखिक आदेश आएपछि स्थानीय आक्रोसित भइ नगरपालिकाको गेटमा तालाबन्दी गरेका थिए।

त्यही तालाबन्दी पछि भएको छलफलमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, वडाध्यक्षहरु र स्थानीय बीच भएको सहमति अनुसार सार्वजनिक जग्गाको पुनः सिमांकन गरी सडक बिस्तार गर्ने निर्णय गरेका थिए।

सार्वजनिक जग्गा अतिक्रमण भए  नक्सांकन समेत गर्ने निर्माण कार्य जारी राख्ने र ब्यक्तिले लगाएको वाल भत्काउने तर्फ जिल्ला प्रशासन कार्यालयले समन्वय गर्नुपर्नेमा उल्टै जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रहरी कार्यालयमा हाजिर हुन आउन दिएको निर्देशनले अचम्मित बनेको वडाध्यक्ष दाहालले बताए । ‘

मैले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सुन्तली थिङ्गले सार्वजनिक जग्गा मिचेर वाल लगाएको बारेमा केहि मिनेट फोन मार्फत बताएँ’–अध्यक्ष दाहालले भने–‘तर उहाँले प्रहरी कार्यालयमा निवेदन पठाई दिएकाले उतै छलफल गर्नु भन्दै फोन राखिदिनु भयो ।’ लगत्तै नगर प्रमुख रामशरण भण्डारीले पनि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई फोन गरेर सार्वजनिक जग्गा अतिक्रमण रोक्ने दायित्व गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई दिएको परिपत्रको स्मरण गराएका थिए । तर पनि शर्माले वडा अध्यक्ष दाहाललाई प्रहरी कार्यालयमा उपस्थित भएर छलफल गर्न अनुृरोध गरेको नगर प्रमुख भण्डारीले दाहाललाई बताए ।

गृह मन्त्रालयले २०८० फागुन ९ गते मात्रै देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको सूची पठाउन र संरक्षण गर्न निर्देशन दिएको थिए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार