मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्छ -नेत्रविक्रम चन्द

Thearaniko Times 1369+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपाली जनताको चाहना समाजवादमा जाने भएकोले नेपालमा समाजवाद स्थापना गर्नका लागि आफूहरु जनमत संग्रहमा जान तयार  रहेको बताउनु भएकाे छ।  शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिस्टहरुको धु्रविकरण तथा एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो ठोकुवा गरेका हुन् ।  उनले कम्युनिष्टहरुलाई एकताबद्ध गरेर समाजवादको यात्रा गर्ने योजना रहेको बताए  ।


महासचिव विप्लवले भन्नुभयो -‘नेपालमा दलाल पुँजीवाद असफल भइसक्यो । यसको अन्त्यका लागि हामी जनमत संग्रहका लागि तयार छौं । दलाल पुँजीवाद की वैज्ञािनक समाजवाद भनेर जनमत संग्रह गरौं न । हामी राजतन्त्र कि समाजवाद भनेर पनि जनमत संग्रह गर्न तयार छौं । जनताले तानाशाही शासन चाहँदैनन् । हामी समाजवादका पक्षधरहरुले स्वतः जित्छौं ।’

महासचिव विप्लवले  नेपालका माओवादी, वामपन्थी, लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरुको एकता गरेर समाजवादको यात्रा तय गर्ने बताउदै भने- ‘पहिला हामी माओवादीहरु एक हुने हो, त्यसपछि सम्पूर्ण कम्युनिस्ट वामपन्थीहरुलाई एकतावद्ध गर्ने हो, समाजवादी पक्षधरलाई पनि एक बनाउने हो, राष्ट्रवादी शक्तिसँग पनि सहकार्य गर्ने हो ।’, उनले भने, ‘तर सहकार्य एकताको बहानामा पछाडि फर्किन सकिदैन । अगाडि बढ्ने हो, समाजवादको यात्रा तय गर्ने हो ।’

महासचिव विप्लव सी ले कान्छाराम, कुबेरहरू नेकपामा आउनु मात्र ठूलो कुरा नभएको भन्दै यसले दिने सन्देश कैयौं गुणा ठूलो भएको बताए । उनले यो एकता कम्युनिस्ट आन्दोलन जोगाउन भएको भन्दै एकताले समाजवादसम्मको यात्रा तय गर्ने बताउदै भने-  ‘एकता निरन्तर चलिरहन्छ, नेपाल कम्युनिस्ट पार्टीको जन्म भयो त्यो एकता हो, झापा बिद्रोह पनि एउटा एकता हो, जनयुद्ध पनि एकता हो, एकीकृत जनक्रान्ति पनि एकता हो ।’, उनले भने, ‘पुराना एकताहरू असफल भएपछि नयाँ एकता जन्मिन्छन् ।’

महासचिव विप्लवले कम्युनिस्ट र गैरकम्युनिस्ट सबैलाई एकताबद्ध गर्न सकिने  बताउदै  भने-  ‘नेपाल गम्भिर मोडमा छ, यसलाई जोगाउने जिम्मा नेपाली श्रमिक जनताको हो, युवा विद्यार्थीको हो । यो कुरा बुझ्नुपर्छ ।’, उनले भने, ‘युवाहरुले बुझेनन् भने, श्रमिक जनताले बुझेनन् भने, बुद्दिजिबीले बुझेनन् भने देश पछाडि फर्किने खतरा छ । हामी पछाडि फर्किने होइन अगाडि बढ्ने हो । समाजवादमा जाने हो । नेपाली माटो सुहाउँदो समाजवाद ल्याउने हो ।’

महासचिव विप्लवले क्रान्ति गर्न आफूहरुले नयाँ तरिका अगाडि सारेको बताउदै भने-  ‘देश संकटमा छ, यसको नेतृत्व नेकपाले गर्छ ।’, उनले भने, ‘बिरोधीहरु बढे भनेर टिकटक बन्द गर्छन्, राजा फर्काउने कुरा गर्छन्, ४७ सालको संविधान फर्काउने हल्ला भइरहेको छ ।’, उनले भने, ‘कुनै पनि हालतमा २०४७ साल फर्किदैन । उनीहरुबाट डराएर सरकारले टिकटक  बन्द गरेर गल्ती गर्यो ।’

महासचिव विप्लवले यो देश बचाउने जिम्मा नेकपाले लिने भन्दै नेपालमा राजतन्त्र फर्किने कुनै पनि सम्भावना नरहेको ठोकुवा गर्दै भने-  ‘देशको चिन्ता हामीमा छ, देशद्रोह, राष्ट्रघात कसैले गर्छ भने हामी देशको प्रतिकार गछौं ।’, उनले भने, ‘हामीलाई अमेरिकाको डलर चाहिएको छैन, हामीलाई चाइनिज यान पनि चाहिएको छैन । हामी श्रममा विश्वास गर्ने मान्छे हो । हामी हात, खुट्टा, दिमाग भएका मान्छे हौ, हामीलाई कसैले नहेपे हुन्छ ।’

ध्रुविकरण तथा एकीकरण कार्यक्रममा बोल्दै तत्कालिन जिल्ला विकास समिति काभ्रेका उपसभापति समेत रहनुभएका कान्छाराम तामाङले सैद्धान्तिक रुपमा कुरा नमिलेकाले नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण भएको बताउनुभयो । ‘हामीले जनजीविकाको सवालमा अझै धेरै काम गर्न बाँकी छ । अरु राजनीतिक नेतृत्व कुनै न कुनै रुपमा भ्रष्टाचारमा डुबेको बताउँदै नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने विप्लव जीमा अहिलेसम्म कुनै दाग देखिएको छैन् ।  त्यही भएर हामी यही पार्टीमा ध्रुविकरण भयौँ । म अरु साथीलाई पनि धुविकरण हुन अपील गर्छु’ -नेता तामाङले भन्नुभयो । 

उक्त धुब्रिकरण कार्यक्रमको. अध्यक्षता महासचिव विप्लवले  गरेका थिए भने संचालन प्रवक्ता प्रकाण्डले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई नेकपा स्थायी समिति सदस्य विषमले स्वागत गरेका थिए । 

ध्रुविकरण तथा एकीकरण भएको नेता कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले पार्टीमा स्वागत गर्नुभएको थियो । 

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्यीय जीतबहादुर तामाङ, होम माझी, रेशम माझी सहित झण्डै ८० जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा ध्रुविकरण तथा एकीकरण भएका छन् । 

कार्यक्रममा नेपाल समाजवादी पार्टी, संघीय परिषद सदस्य तथा पूर्व तेस्रो डिभिजन सह–कमाण्डर कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य राजकुमार सहित काठमाण्डौका विभिन्न वडाबाट समेत दर्जनौँ माओवादी केन्द्रका नेता तथा कार्यकर्ता प्रवेश गरेका थिए । 


यसैगरी,  उक्त    क्रान्तिकारी कम्युनिस्टहरूकाे ध्रुवीकरण तथा एकीकरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव   विप्लव सी ,  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका  काञ्छाराम तामाङ,  नेपाल समाजवादी पार्टी, संघीय परिषद सदस्य तथा  पूर्व तेश्रो डिभिजन सह–कमाण्डर .कुवेर र आम जनता पार्टी केन्द्रीय सदस्य राजकुमारको संयुक्त हस्ताक्षरमा जारी प्रेस बिज्ञप्ति नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले पढेर सुनाएका थिए ।  

जुन यस प्रकार रहेको छ – ‘हामी सगौरव घोषणा गर्दछौं कि आज २०८० साल मंसिर २ गते नेपाल कम्युनिस्ट पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनमा समर्पित तथा काभ्रे जिल्लाका पूर्व उपसभापति, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य कमरेड काञ्छाराम तामाङ र  केन्द्रीय सदस्य जीत बहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद सदस्य तथा पूर्व  तेश्रो डिभिजन भिसी क.कुबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य क.राजकुमार, नेकपा माकेका बागमती  प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद नेपाल सहित सयौं जना कमरेडहरुबीच एकता सम्पन्न भएको छ । यो एकताले सम्पूर्ण श्रमजीवी जनता, कम्युनिस्टहरुलाई खुसी मात्र तुल्याउने छैन अपितु थप एकीकरणका लागि उत्प्रेरित गर्नेछ भन्ने विश्वास रहेको छ ।

यो ध्रवीकरण र एकताको अवसरमा देशको स्वाधीनता, परिवर्तन र समाजवादका लागि वलिदान गर्नुहुने २००७ साल, झापा विद्रोह, जनआन्दोलन, महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवं  विद्रोहका सम्पूर्ण महान् सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दछौं । क्रान्तिमा वेपत्ता पारिनुभएका योद्धाहरुप्र्रति उच्च सम्मान व्यक्त गर्दछौं, घाइते तथा बन्दी कमरेडहरुप्रति सम्मान व्यक्त गर्दछौं ।

आदरणीय जनसमुदायलाई बताउन चाहन्छौं कि यो एकता वैज्ञानिक समाजवाद—साम्यवादको वैज्ञानिक भौतिकवादी दर्शन, विचार, राजनीति, कम्युनिस्ट पार्टीको आदर्श, मुल्य र मान्यतालाई आत्मसाथ गरेका क्रान्तिकारीहरु बीचको एकता हो । नेपाललाई दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था एवं साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपबाट मुक्त गरेर देशमा वैज्ञानिक समाजवाद, नेपाली विशेषताको समाजवाद स्थापना गर्न चाहने शक्तिहरु बीचको एकता र ध्रुवीकरण हो । यो एकता प्रकृया नेपाली श्रमजीवी जनताको कम्युनिस्टहरु एकताबद्ध होउन र समाजवादी क्रान्ति सम्पन्न गरुन भन्ने चाहना अनुरुप लामै समयसम्मको छलफल, वाद—सम्वादपछि  विचार, राजनीति, संस्कृति जस्ता विषयमा एकरुप बुझाइ भएपछि मात्र संभव भएको हो । यो एकताले अन्य क्रान्तिकारी, अग्रगामी, परिवर्तनकारी कम्युनिस्टहरुलाई थप एकीकृत र केन्द्रीकृत बन्नका लागि उत्प्रेणा तथा हौसला प्रदान गर्ने विश्वास छ ।

हाम्रो देश परिवर्तन र संमृद्धिको विशाल संभावना बोकेको देश हो । यहाँ प्राकृतिक स्रोत, साधन, मानवीय श्रम, चाहना सारा छन् तर तिनको ग्रहण, संरक्षण र नेतृत्व दिने राज्यसत्ता तथा व्यवस्था छैन । देशको राज्यसत्ता दलाल, भ्रष्टाचारी, सुदखोर, तस्कर, साम्राज्यवादीहरुको नियन्त्रणमा छ । जसको कारण देशको स्वाधीनता सर्वाधिक जोखिममा परेको छ भने जनताहरुले सामान्य शान्ति, स्थिरता, गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी नपाएर छट्पटाइ रहेको अवस्था छ ।

हामीले देखिरहेका छौं, देशमा कम्युनिस्ट पार्टीहरुको प्रभाव र समाजवादप्रतिको जनताको समर्थन देखेपछि संसारभरीका साम्राज्यवादी, पुँजीवादहरुले नेपालमा राजनैतिक अस्थिरता सृजना गर्न टुप्पी कसेर लागेका छन् । उनीहरुले नेपाली जनताको चाहनासँग मेल नखाने दलाल पुँजीवादी संसदीय व्यवस्था लादेर, देशलाई संकटमा धकेलेर, त्यसको दोष कम्युनिस्टहरु माथि थोपरेर, जनतालाई कम्युनिस्टबाट निराश बनाएर, कम्युनिस्टहरुलाई नै विचलित र विभाजित पारेर, एमसीसी जस्ता अनेकौं राष्ट्रघाती संझौंता लादेर, नेपाली जनताका प्राकृतिक संस्कृतिहरुलाई ध्वस्त पारेर, नेपालको दक्ष र क्षमतावान युवा पुस्तालाई विदेश तानेर हैरान पारिरहेका छन् । यसको सार एउटै छ नेपालबाट कम्युनिस्ट समाजवादी धारालाई समाप्त पार्ने र साम्राज्यवादी रजाई सफल पार्ने ।

साम्राज्यवादको  यो प्रवृत्ति र खेलमा नेपालका दलालहरु सहभागी बनेर श्रमजीवी जनतालाई थप पीडा र चिन्ता थोपरेका छन् । नेपाली दलालहरुले साम्राज्यवादी मालिकहरुको सेवामै समय बिताउने, उनीहरुको स्वार्थका लागि राष्ट्रघाती सन्धि संझौंता गर्ने, जनतालाई निराशा बाड्ने, युवा पुस्तालाई योजनाबद्ध रुपले पलायन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलाई समाप्त पार्ने, भ्रष्टाचार, तस्करी, कमिसनखोरीमा डुब्ने जस्ता कार्य गरेर देशलाई हैरान पारिरहेका छन् । जनताका लागि उचित शान्ति सुरक्षा छैन, शिक्षा र रोजगारीको अवसर छैन । देश भित्रै सहज उत्पादन गर्न सकिने कृषिजन्य वस्तुहरु दाल, चामल, तरकारी, फलफुल, चिनी, पिठो पनि विदेशबाट किन्नु पर्ने बाध्यता बनेको छ । संघीयता र स्थानीय सरकार बनेपछि जनतालाई वार्डमै नागरिकता बनाउने, कर तिर्ने, जग्गाजमिन पास गर्ने परिचयपत्र बनाउने अधिकार दिनु पर्नेमा हजारौं खर्चगरेर सदरमुकाम धाउनु पर्ने समस्या छ ।

देशमा अस्थिरता र संकट बढेपछि धमिलो पानीमा माछा मार्न चाहने अनेकौं शक्तिहरु सक्रिय भएका छन् । मुख्यत तीनवटा प्रवृत्तिहरु प्रतिस्पर्धा र संघर्षमा उत्रिएका छन् । एक थरीले २०४७ सालको संविधानमा फर्किनुलाई निकास मानेका छन्, अर्काथरीले यही व्यवस्थाभित्र आफ्नो सरकार बनेका निकास निस्किने दावी गरेका छन् । तर हाम्रो सुस्पष्ट विचार छकि देशका आजका समस्याको निकास पश्चगमन, प्रतिगमन, यथास्थितिवादी कुनै पनि सोच, विचार र राजनीतिबाट संभव छैन । यसका लागि प्राप्त राजनैतिक उपलब्धिहरुलाई रक्षा गर्दै देशको राज्यसत्तामा आमूल परिवर्तनसहित नेपाली विशेषताको समाजवाद निर्माण गर्न अपरिहार्य छ ।

हामीले देख्न सक्छौं नेपाली जनताको दुई तिहाई मत समाजवादको समर्थनमा छ । समाजवादलाई अस्वीकार गर्ने शक्ति नगन्य छन् । श्रमजीवी जनताले त्यसका लागि विभन्न खालका संघर्ष चलाइरहेका छन् । तर यहाँ जनताको समाजवादी चाहना र राज्यको दलाल पुँजीवादी सत्ता बीचको अन्तर्विरोध चर्किरहेको छ । यो अन्तर्विरोधमा एमसीसी मार्फत अमेरिकी हस्तक्षेप र एमसीसी प्रवेश देशकै लागि मुख्य चुनौंति बनेको छ । हामीले यो अन्तर्विरोध एवं समस्यालाई नेपाली विशेषताको समाजवादमा रुपान्तरण गरेर मात्र समाधान गर्न सक्छौं । यसका लागि कम्युनिष्टहरु बीचको एकता एवं समाजवादी, देशभक्त, लोकतन्त्रवादीहरुको सहकार्य एकदमै आवश्यक छ ।

हामी सबैलाई विश्वस्त पार्न र आह्वान गर्न चाहन्छौं कि देशको स्वाधीनता र नेपाली विशेषताको समाजवाद स्थापनाका लागि हाम्रो अभियान अनवरत बढिरहने छ । जस्तो सुकै चुनौंति मोल्नु परे पनि देश र जनताप्रतिको उच्च जिम्मेवारीबाट पछि हट्ने छैनौं । कम्युनिस्टहरुको पार्टीगत तहको एकता, मोर्चाबन्दी एवं कार्यगत सहकार्य गर्न तयार रहने छौैं । यसमा सम्पूर्ण अग्रगामी, परिवर्तनकारी कम्युनिस्ट, वामपन्थी, देशभक्त, लोकतन्त्रवादी शक्तिहरुलाई फराकिलो सोचका साथ सहकार्यमा अगाडि आउन अपिल गर्दछौं ।

क्रान्तिकारीहरु बीचको धु्रवीकरण र एकता—जिन्दावाद । समाजवादी, देशभक्तहरु बीचको मोर्चाबन्दी जारी रहोस । सम्पूर्ण अग्रगामी शक्तिहरु बीचको सहकार्य निर्माण गरौं । नेपाली श्रमजीवी जनताको उज्यालो भविष्य सुनिश्चित छ ।’

प्रतिक्रिया

t १० अशोज २०७९, सोमबार

t

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार