मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

बाढी पहिरोको कहर अझै....
काभ्रेको डाँडापारि क्षेत्रमा सडक खुलाउन हेलिकप्टरबाट डिजेल ढुवानी

Thearaniko Times 1394+ समाचार ( )
२३ अशोज २०८१, बुधवार

धुलिखेल। काभ्रेपलाञ्चोकको महाभारत र खानीखोला गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण बाढीपहिरो गएर सडक, विद्युत र सञ्चार सम्पर्क विहीन भएको क्षेत्रमा सडक सञ्जाल खुलाउन हेलिकप्टरबाट डिजेल ढुवानी गरी काम गर्न थालेको छ । दशैंको बेलामा आमनागरिकलाई सहज सेवा प्रदान गर्नका लागि अवरुद्ध सडक खुलाएर यातायात सञ्चालन गरी सेवा प्रदान गर्न हवाई मार्गबाट इन्धन ढुवानी गरेको हो ।

आज काभ्रेपलाञ्चोकको विकट क्षेत्र खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत दूई हजार लिटर डिजेल पुर्याएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र तालढुंगा जोड्नका लागि च्याल्टीको बाटोलाई अगाडी बढाएको उहाँले बताउनुभयो । त्यस्तै खोपासी–कामीडाँडा–स्याउरीथली–तालढुंगा र तालढुंगा सुकुमफेदी बाटोलाई पनि खुलाउनका लागि उतिकै प्रयास भईरहेको बताउनुभयो ।

महाभारत गाउँपालिकाको केन्द्र देवीटारलाई जिल्ला सदरमुकामसंग टुटेको सडक सञ्जाल जोड्नको लागि यसअघि नै हेलिकप्टरमार्फत डिजेल ढुवानी गरी काम भईरहेको छ । नेपाली सेनाको हेलिकप्टरबाट इन्धन पुर्याउन सफल भएपछि गाउँपालिका केन्द्रदेखि महादेवटारतर्फ र महादेवटारबाट सानो पोखरा, ठूलो पोखरा पात्ले, स्याप्लेडाँडातर्फ सरसफाई कार्य अगाडी बढाएको छ ।

महाभारत गाउँपालिका जानका लागि सञ्चालनमा आएको कटुञ्जे चौकीडाँडा–सिपाली–बुढाखानी–सर्तुङ–महादेवटार–देवीटार सडकखण्ड र विपि राजमार्गको रजवास–भूमेचुली–चारकिल्ला–तीनखुट्टे–देवीटार सडकखण्ड बाढीपहिरोले क्षति पुर्याएको थियो । जसअन्तर्गत रजवास–भूमेचुली–चारकिल्ला सडक खुलाउन मंगलटारहुँदै इन्धन बोकेर ढुवानी गरी बाटो सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । सो सडक अहिले रजवासहुँदै विपि राजमार्गको बुद्धपार्कसम्म खुलेको छ । यता महादेवटार–सर्तुङ–बुढाखानी–सिपाली–पोटाखोला दोभानहुँदै कटुञ्जे चौकीडाँडा जोड्नको लागि निरन्तर काम भईरहेको जनाएको छ ।

सो प्राकृतिक विपत्तिमा परेर सडकसंगै विद्युत सेवा र सञ्चार समेत सम्पर्क विच्छेद भएपछि पालिकाले सडक, विद्युत र सञ्चारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । सडक सञ्जालहरु बाढीपहिरोले क्षति पुर्याएपछि नागरिकलाई खाद्यन्न, विद्युत, सञ्चार र स्वास्थ्य उपचार गर्न जिल्ला सदरमुकामसंग सम्पर्क टुटेपछि पालिकाले सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको हो ।

महाभारतमा विच्छेद सम्पर्क पुनःजोडियो

अविरल वर्षाका कारण विच्छेद भएको सञ्चार सम्पर्क आईतवारबाट जोडिएको छ । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण विद्युतको खम्बाहरु ढलेपछि महाभारत गाउँपालिका वडा नं. ३ घिसिङडाँडा र वडा नं. ६ बन्खुमा रहेको दूरसञ्चारको टावरमा विद्युत आपूर्ति बन्द भएपछि महाभारत क्षेत्रमा सञ्चार सम्पर्क विहीन भएको थियो । निरन्तरको प्रयासपछि बनखुमा रहेको टावरमा लघुजलविद्युतबाट र घिसिङडाँडामा रहेको टावरमा सौर्यबत्तिबाट विद्युत सेवा जडान भएपछि सञ्चार सम्पर्कमा जोडिएको गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभयो । अझै विद्युत र सडक भने खुल्न सकेको छैन ।

विद्युतको धेरै खम्बाहरु वर्षाले ढलेको कारण ढुवानीमा समस्या, तार व्यवस्थापनमा कठिनाईका कारण अझै विद्युत प्रसारण लाईन भने सुचारु गर्न सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार