मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

काभ्रे उद्योग वाणिज्य संघको अन्तिम मतपरिणाम सार्वजनिक, अध्यक्षमा वैद्य निर्वाचित

Thearaniko Times 1369+ समाचार ( )
२० जेठ २०८१, आइतबार

बनेपा/काभ्रे उद्योग वाणिज्य संघको ४२ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा ४८७ मत सहित प्रताप वैद्य निर्वाचित हुनुभएको छ ।

वैद्यका प्रतिस्पर्धी राजन मानन्धरले ४५७ र बसन्त नारायण भोछिभोयाले ११७ मत प्राप्त गर्नुभएको छ । 

वरिष्ठ उपाध्यक्षमा राजन प्यानलका रबिन्द्र बैदार ६४३ मत सहित विजयी हुँदा प्रताप प्यानलका उम्मेदवार ग्रुबेन तौजलेले ४०२ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा सुरेशभक्त भोछिभोया (५१२) र उमेश रत्न शाक्य (४५३) मत ल्याएर विजयी हुनुभएको छ । सुरेश राजन प्यानल र उमेश वैद्य प्यानलका हुन् । 

महासचिवमा रजित पलाञ्चोके ५६९ मत ल्याएर विजयी हुनुभएको छ । रजित राजन प्यानलबाट विजयी हुनुभएको हो । प्रताप प्यालनका उम्मेदवार यश कुमार रञ्जितले ४६५ मत प्राप्त गर्नुभएको छ । 

कोषाध्यक्षमा प्रताप प्यानलबाट मानकाजी प्रधानले ५२४ मत ल्याएर विजयी राजन प्यानलका सुविन्द्र राजभण्डारीले ५०४ मत प्राप्त गर्नुभएको छ । 

मुख्य संयोजकमा राजन प्यानलका विज्ञान धौगोडा ५६३ मत ल्याएर विजयी हुँदा प्रताप प्यानलका राजेश कुमार श्रेष्ठले ४६४ मत प्राप्त गर्नुभएको छ । 

सचिवमा प्रताप प्यानलका कृष्ण लालश्रेष्ठ ५७८ मत ल्याएर विजयी हुनुभएको छ । राजन प्यानलका श्री कृष्ण थापाले ४४९ मत प्राप्त गर्नुभएको छ । 

सह–सचिवमा राजन प्यानलका रामकुमार श्रेष्ठ ५९४ मत सहित विजयी हुनुभएको छ । प्रताप प्यानलका सरोज काजी श्रेष्ठले ४२८ मत प्राप्त गर्नुभएको छ । 

सह–कोषाध्यक्षमा प्रताप प्यानलबाट श्याम कुमार भालु (मुनाल) ५४९ मत सहित विजयी हुँदा राजन प्यानलका राज कुमार श्रेष्ठले ५०७ मत प्राप्त गर्नुभएको छ । 

सह–मुख्य संयोजकमा राजन प्यानलका रवि तौजलेले ५३० मत सहित विजयी हुनुभएको छ । प्रताप प्यानलका भिम प्रसाद आचार्यले ५१० मत प्राप्त गर्नुभएको छ । 

कार्य समिति सदस्य खुल्ला तर्फ निर्दोष पलाञ्चोके (६४४), रहदेव पोटे (५७५), रोसन खुप्पा श्रेष्ठ (५७४), सुमन चौ प्रधान (५५६), गौतम मानन्धर (५३१), सुजन मानन्धर (५२३), नरेस राज कायष्ठ (५२१), रजेन्द्र पसछे (५१८), राजन बहादुर ढकाल (४९१) र हरिस चन्द्र अधिकारी (४८७) मत ल्याएर विजयी हुनुभएको छ । 

३८ जना कार्य समिति मध्ये ३५ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा ७१ जनाको उम्मेदवारी परेको थियो । ती मध्ये ६ जना निर्विरोध निर्वाचित भएका थिए । 

१२ सय ५१ मतदाता रहेको काभ्रे उद्योग वाणिज्य संघको निर्वाचनमा ११ सय १२ जनाले मतदान गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार