मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


लिफ्ट खानेपानीको बाँध निर्माणका कारण पहिरोको जोखिममा

Thearaniko Times 1369+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

मण्डनदेउपुर।काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं. २ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालित ‘नाल्दुम–नगरकोट लिफ्ट खानेपानी’ आयोजनाको बाँध निर्माणको कारण पहिरो गएको छ। पहिरोका कारण लुवागाउँको बस्ती समेत जोखिममा पर्ने सम्भावना बढेपछि स्थानीय आतंकित भएको छ। लगातार पानी परेसंगै त्यहाँका पाखो भित्तामा बिस्तारै तलबाट पहिरो झरेर खेत र बारीमा धाँजा फाट्दै गएको र कान्लाहरु झर्ने क्रम जारी छ ।

मजवा खोलामा खानेपानी आयोजनाले बाँध निर्माण गर्न लुवागाउँ फेदीमा गहिरो गरी खनेका कारण पहिलादेखि खेती गर्दै आएको ठाउँमा पहिरो जान थालेको स्थानीय बासिन्दा कर्णबहादुर तामाङले बताउनुभयो । खानेपानीको लागि पानी र ठाउँ नदिने विषयमा सबै मिलेर आवाज उठाए पनि केही स्थानीयबासिन्दाले सो ठाउँको जग्गा नै बिक्री गरेर आयोजना निर्माण गर्न दिएपछि पहिरो जान थालेको उहाँले बताउनुभयो । स्थानीयबासिन्दासंग सल्लाह गर्नुभन्दा पहिला नै आयोजनाको सबै काम तयार गरेर पछि मात्रै जग्गा माग्न आएको र सो क्रममा नदिने कुरा भएपनि जबर्जस्ति निर्माण कार्य थालेको स्थानीयबासिन्दाले बताएका छन् । मुहानबाट ‘प्रभावितहरुलाई  क्षतिपुर्ति दिने भने हालसम्म नपाएको र पहिरोले गाउँ नै संकटमा परेको बताइयो । मुहान नदिएसम्म विभिन्न प्रलोभनमा पारेर ठाउँ र पानी दिनका लागि आग्रह गरेको थियो ।’ उहाँले भन्नुभयो, ‘जति फकाउन आएपनि नदिंदा नदिदै अरु गाउँलेको सहयोगमा आयोजना थालनी गरेपछि अहिले पहिरो जान थालेको बताए।’

एकातिर बाँधको असर र अर्कोतिर त्यसैको लागि खनेको सडकले गाउँ नजिकैको पाखोबारी र खेतसम्म धाँजा फाटिसकेको र रोकथाम नगरेको खण्डमा गाउँ बगाउने पहिरो जानसक्ने सम्भावना देखिएको भन्दै स्थानीयबासिन्दाहरुले रोकथामको लागि पहल गर्न माग गरेका छन् । निर्माणस्थलमा पहिरो जानथालेपछि उपभोक्ता समिति र ईञ्जिनियर सो ठाउँमा नआएको गाउँलेको भनाई छ । ‘उहाँहरु सधैंजसो नगरकोटको होटलमा बसेर छलफल र बैठक गरेको भन्ने सुनेको छु, तर यहाँ आएर हेर्नेसम्म काम गरेको छैन ।’ स्थानीयबासिन्दाले एकै स्वरमा भने ।

रिठबहादुर ढकालले पहिरोको कारण आठ रोपनी जग्गा जोखिममा परेको बताउनुभयो । ‘आफ्नो कमाईखाने खेत पहिरोको जोखिममा परेपछि वडा कार्यालयमा समस्या राखेको बताउनुभयो । लालपूर्जासहित वडा कार्यालयमा आउनु भनेर बोलाएको भएपनि प्रभावित क्षेत्रका अरु गाउँलेले भने वास्ता नगरेको र पछि समस्या बढ्दै गएपछि चासो दिन थालेको उहाँको भनाई छ ।

अर्का स्थानीय कृष्णबहादुर रन्जितकारले त्यहाँ भएको खेतबारी पहिरोमा परेपछि खेतीपातीको लागि समस्या भएको बताउनुभयो । सो गाउँमा रहेको पाखो खेतमा धान र बारीमा मकै खेती छ ।

स्थानीय देवकुमार रञ्जितकारले आयोजनाको बाँध निर्माण गर्ने ठाउँमा परेको चार रोपनी खेत समितिलाई बेचेपनि पूरा रकम नपाएको बताउनुभयो । साँढे बीस लाखमा मोल गरेर पाँच लाख रुपैयाँ बैना लिएको र बाँकी रकम अहिलेसम्म नदिएको उनको भनाइ छ । ‘अहिले बाँकी भएको खेत पनि पहिरोले तानिसक्यो ।’ उहाँले दुःखेसो पोख्दै भन्नुभयो, ‘पहिलाको पैसा त दिएको छैन, बाँकी पहिरोले तानेको जग्गाको अब के पो गर्ने हो ?’

पहिरोले त्यहाँका ११ जनाको खेत र बारीमा क्षति भएको जनाएको छ । गरिखाने ठाउँ पहिरोले क्षति पु¥याएपछि सो ठाउँको क्षतिपूर्ती दिनुपर्ने र तटबन्ध बाँध्नुपर्ने स्थानीयबासिन्दाको माग छ । तलतिरको खेत पहिरोले झरिसकेको र माथितिर रहेको बारी समेत धाँजा फाटिसकेको कारण अब बिस्तारै गाउँ नै जोखिममा गर्ने अवस्था रहेको भन्दै आयोजना र सरकारले ध्यान दिन गाउँलेले माग गरेका छन् । २६ घरधुरी रहेको सो गाउँमा ५/६ घर नेवार समुदायको र बाँकी सबै तामाङ समुदायको बसोबास रहेको छ ।

बागमती प्रदेश सरकारको २७ करोड ३४ लाख ६४ हजार ९०२ रुपैयाँ लागतमा लिफ्ट खानेपानी आयोजना निर्माणको काम अगाडी बढाएको छ । नाल्दुम–नगरकोट खानेपानी लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पहिलो चरणको काम १६ करोड ४८ लाख ३४ हजार २९२ रुपैयाँमा कालिका-दिव्यशक्ति जेभिले आयोजनाको ठेक्का लिएर काम गरिरहेको बताउनुभयो । आयोजनाको लागि उपभोक्ता समिति गठन गरेर त्यहाँको मुहानस्थलमा जग्गा उपलब्ध गराउन आग्रह गरेपछि समितिको पहलमा आवश्यक व्यवस्थापन गरेको हो । काम गर्दै जाँदा पछिल्लो समयमा त्यहाँ पहिरो जाने र खेतबारी बगाउने जस्ता थप समस्या निम्तिएपछि स्थानीयबासिन्दाको माग अनुसार क्षतिपूर्ती र संरक्षणको काम गर्न वडा कार्यालयमा बैठकको निर्णयसहित समस्या पेश गरेको श्रेष्ठको भनाई छ । ‘जग्गाको व्यवस्थापन समितिले गर्नुपर्ने रहेछ । त्यही अनुसारको काम ग¥यौ ।’ उहाँले भन्नुभयो, ‘त्यसबाहेक अरु जिम्मेवारी केही छैन, स्थानीयबासिन्दाको समस्या समाधानको लागि हामीले समन्वयको काम मात्रै गरिरहेका छौं ।’ पटक पटक माग गर्दा समेत गुरुयोजनाको विवरण उपलब्ध नगराएको उहाँले बताउनुभयो ।

सो ठाउँमा चार रोपनी जग्गा खरिद गरेकोमा पाँच लाख बैना स्वरुप उपलब्ध गराएको बाहेक बाँकी रकम दिनका लागि रकम नभएको उहाँले बताउनुभयो । ‘समितिसंग न आर्थिक हुन्छ, न त कुनै अधिकार नै तर जग्गा व्यवस्थापनको जिम्मा समितिले गरेको भएकाले जग्गा धनिलाई उपलब्ध गराउनु पर्ने रकमको लागि खानेपानी उपभोग गर्ने होटलधनीहरुले केही उपभोक्ताहरुसंग मागेर दिने भन्नेछ ।’ उहाँले भन्नुभयो, ‘त्यसबाट अहिलेको लागि उठ्न सम्भावना नभएकाले नगरपालिकासंग कुरा भईरहेको छ ।’

मन्डनदेउपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजकुमार मल्लले निर्माणाधिन खानेपानी मुहानमा गएको पहिरोको बिषयमा जानकार रहेको बताउँदै सहयोग गर्न वडासँग बजेट नभएको बताउनुभयो । वडाध्यक्ष मल्लले खानेपानी मुहानमा गएको पहिरो बारे नगरपालिका र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई दिइसकेको जानकारी दिनुभयो। समितिले दिएको विवरण अनुसार पहिरो रोकथामको लागि संरक्षण पर्खाल र क्षति भएको बालीको लागि क्षतिपूर्ति दिनुपर्ने माग रहेको छ।

आयोजना अनुसार मुहान क्षेत्रमा दूई वटा फिल्टर गर्ने ट्याङ्कीसहित दूई लाख लिटर क्षमताको ट्याङ्की निर्माण, मेशिन राख्ने र सुरक्षा गार्ड बस्ने घर लगायतको संरचना निर्माण हुनेछ । त्यस्तै मुहानस्थलबाट करिब पाँच सय मिटर माथि फेरी दूई लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरी त्यसपछि अरु थप संरचनाहरु निर्माण हुने जनाएको छ । २०८१ सालभित्रमा सम्पन्न गरिसक्नुपर्ने आयोजनाले वडा नंं २ को नाल्दुम र वडा नं. १ को माथिल्लो भेग गरी ४८४ घरधुरीलाई पानी खुवाउने योजना रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार