मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

राजनीति
संविधान दिवसमा बनेपामा वाइसीएल र अखिलको दीप प्रज्वलन कार्यक्रम

Thearaniko Times 1401+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काभ्रे । नेपालको संविधान दिवसको अवसरमा बनेपाको चारदोबाटोमा शुक्रबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको भातृ संगठन योंग कम्युनिष्ट लिग (वाइसीएल) नेपाल काभ्रेपलाञ्चोक र अखिल क्रान्तिकारी काभ्रेको आयोजनामा संयुक्त दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) रहेका थिए। उनले संविधान दिवसलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै वर्तमान संविधानले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ यात्रामा अघि बढाएको उल्लेख गरे। नेता दोङले महान जनयुद्धका सहिद, जनआन्दोलन र जेनजी आन्दोलनमा ज्यान गुमाउने वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज तेजबहादुर मिजार, पूर्व सांसद गंगाबहादुर दोङ, सांसद रुकु चौलागाईंसहित पार्टीका पदाधिकारी, युवा तथा विद्यार्थी नेता र स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

जनस्तरमा दीप प्रज्वलनमार्फत मनाइएको यो कार्यक्रमले नेपाली जनताको बलिदान र संघर्षप्रतिको सम्मान झल्काएको छ। यस्ता अवसरहरूले संविधानको महत्व सम्झाउने मात्र नभई भावी पुस्तामा लोकतान्त्रिक मूल्य र सामाजिक न्यायप्रतिको प्रतिबद्धता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार