मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

साहित्य र कला
रोशन केसीको नयाँ लोकदोहोरी गीत ‘छाता झल्लारे’ सार्वजनिक

Thearaniko Times 1375+ समाचार ( )
१९ माघ २०८२, आइतबार

गणेश आचार्य

काभ्रे/नेपाली लोकगीत–सङ्गीत र कलाकारिताको क्षेत्रमा परिचित नामहरू गायिका गीता देवी र गायक तथा सर्जक रोशन केसीको नयाँ लोकदोहोरी गीत ‘छाता झल्लारे’ सार्वजनिक भएको छ। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका रोशन केसीले यो गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

‘छाता झल्लारे’ गीतको शब्द तथा लय रोशन केसीकै सिर्जना हो। नेपाली समाजका रीतिरिवाज, परम्परा र विशेषगरी विवाह संस्कृतिसँग जोडिएका जन्ती यात्राका क्रममा हुने ठट्टा, जुहारी, रत्यौली र रमाइला क्षणहरूलाई गीतमार्फत कलात्मक र काल्पनिक रूपमा प्रस्तुत गरिएको सर्जक केसीले बताएका छन्।

गीतमा रोशन केसी र गीता देवीको सुमधुर आवाज रहेको छ भने संगीत संयोजन विष्णु तामाङले गरेका हुन्। सागर पुनको रेकर्डिङ रहेको गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जहाँ कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

यसअघि सार्वजनिक भएको रोशन केसी र गीता देवीकै आवाजमा रहेको ‘किर्तिपुरे तीन पाने रक्सी’ गीत युट्युबमा २ मिलियनभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको थियो भने टिकटकमा पनि निकै लोकप्रिय बनेको थियो। त्यसैगरी ‘ए हरियो चोलो’ बोलको गीतमा गीता देवी, रोशन केसी, गोकुल राउत र पार्वती कार्कीको आवाजले पनि दर्शक–श्रोताको राम्रो माया पाएको थियो।

‘छाता झल्लारे’ गीतको म्युजिक भिडियो काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको शान्ति भूमि, पवित्र धार्मिक स्थल आदित्य मोक्षधाममा छायांकन गरिएको हो। भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने बद्रीप्रसाद तिवारी र रञ्जिता विश्वकर्माको अभिनय देख्न सकिन्छ। कविराज गहतराजकै छायांकन रहेको भिडियोमा शृङ्गार सरोज बुढाथोकी र सम्पादन मनोज कार्कीले गरेका हुन्।

ठट्यौली प्रसङ्ग, रोमान्चक शब्द र सरल संगीतको आकर्षक संयोजन रहेको ‘छाता झल्लारे’ गीतले संगीतप्रेमीहरूलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Roshan Kc २० माघ २०८२, सोमबार

Thank you brother for supporting us thankful from entire team

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार