मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

साहित्य र कला
रोशन केसीको नयाँ लोकदोहोरी गीत ‘छाता झल्लारे’ सार्वजनिक

Thearaniko Times 1403+ समाचार ( )
१९ माघ २०८२, आइतबार

गणेश आचार्य

काभ्रे/नेपाली लोकगीत–सङ्गीत र कलाकारिताको क्षेत्रमा परिचित नामहरू गायिका गीता देवी र गायक तथा सर्जक रोशन केसीको नयाँ लोकदोहोरी गीत ‘छाता झल्लारे’ सार्वजनिक भएको छ। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका रोशन केसीले यो गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

‘छाता झल्लारे’ गीतको शब्द तथा लय रोशन केसीकै सिर्जना हो। नेपाली समाजका रीतिरिवाज, परम्परा र विशेषगरी विवाह संस्कृतिसँग जोडिएका जन्ती यात्राका क्रममा हुने ठट्टा, जुहारी, रत्यौली र रमाइला क्षणहरूलाई गीतमार्फत कलात्मक र काल्पनिक रूपमा प्रस्तुत गरिएको सर्जक केसीले बताएका छन्।

गीतमा रोशन केसी र गीता देवीको सुमधुर आवाज रहेको छ भने संगीत संयोजन विष्णु तामाङले गरेका हुन्। सागर पुनको रेकर्डिङ रहेको गीत शंकरा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जहाँ कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

यसअघि सार्वजनिक भएको रोशन केसी र गीता देवीकै आवाजमा रहेको ‘किर्तिपुरे तीन पाने रक्सी’ गीत युट्युबमा २ मिलियनभन्दा बढी भ्युज प्राप्त गर्न सफल भएको थियो भने टिकटकमा पनि निकै लोकप्रिय बनेको थियो। त्यसैगरी ‘ए हरियो चोलो’ बोलको गीतमा गीता देवी, रोशन केसी, गोकुल राउत र पार्वती कार्कीको आवाजले पनि दर्शक–श्रोताको राम्रो माया पाएको थियो।

‘छाता झल्लारे’ गीतको म्युजिक भिडियो काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको शान्ति भूमि, पवित्र धार्मिक स्थल आदित्य मोक्षधाममा छायांकन गरिएको हो। भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने बद्रीप्रसाद तिवारी र रञ्जिता विश्वकर्माको अभिनय देख्न सकिन्छ। कविराज गहतराजकै छायांकन रहेको भिडियोमा शृङ्गार सरोज बुढाथोकी र सम्पादन मनोज कार्कीले गरेका हुन्।

ठट्यौली प्रसङ्ग, रोमान्चक शब्द र सरल संगीतको आकर्षक संयोजन रहेको ‘छाता झल्लारे’ गीतले संगीतप्रेमीहरूलाई भरपूर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Roshan Kc २० माघ २०८२, सोमबार

Thank you brother for supporting us thankful from entire team

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार