मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राजनीति
निर्वाचन सारिए चुप लागेर नबस्ने प्रचण्डको चेतावनी

Thearaniko Times 1394+ समाचार ( )
नेपाली कम्युनिष्ट पार्टीको शक्ति प्रदर्शन
५ पौष २०८२, शनिबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै समयमै निर्वाचन हुनुपर्ने माग दोहोर्‍याएको छ। बागमती प्रदेश कमिटीको आयोजनामा शनिबार राजधानीका विभिन्न स्थानबाट र्‍याली निकाल्दै भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरिएको हो।

काठमाडौं उपत्यका तथा बागमती प्रदेशका विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू र्‍यालीसहित भृकुटीमण्डपस्थित मुख्य मञ्चमा जम्मा भएका थिए। रत्नपार्कबाट सुरु भएको तारकेश्वर र टोखा नगरपालिका हुँदै नुवाकोट र रसुवाबाट आएको र्‍याली कार्यक्रममा सहभागी भएको थियो। यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ का कार्यकर्ताहरू डिल्लीबजार (चारखाल) हुँदै सभास्थल पुगेका थिए। काठमाडौं–१ र २ सहित भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापबाट आएको र्‍याली बबरमहलबाट भृकुटीमण्डप प्रवेश गरेको थियो।

एकता सन्देश सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि बहानामा निर्वाचन सार्न खोजे चुप लागेर नबस्ने चेतावनी दिए। उनले निर्वाचन धकेल्ने वा सार्ने काम संविधानविपरीत हुने जिकिर गर्दै सहज र शान्तिपूर्ण ढंगले समयमै निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।

देशलाई वर्तमान संकटबाट मुक्त गर्ने उद्देश्यका साथ शक्ति एकीकृत गरिएको उल्लेख गर्दै प्रचण्डले यसअघि देशको अवस्था हेरेर केही हदसम्म सहकार्य गरिएको भए पनि अब फेरि निर्वाचनको मिति सार्ने प्रयास भए त्यसको प्रतिरोध गरिने स्पष्ट पारे। उनले धम्कीको भाषा प्रयोग नगरी शान्तिपूर्ण ढंगले लोकतान्त्रिक प्रक्रियालाई अघि बढाउनुपर्ने बताए।

सभामा सहसंयोजक माधवकुमार नेपालले पार्टी इमानदारीताका साथ अघि बढिरहेको दाबी गर्दै देश विकासका लागि एक पटक नेपाली कम्युनिस्ट पार्टीलाई अवसर दिन जनतासँग आग्रह गरे। उनले ६ महिना वा एक वर्ष निर्वाचन सार्ने हल्ला चलाइए देश फेरि संकटतर्फ जाने चेतावनी दिँदै अब आउने कुनै पनि राजनीतिक दुर्घटनामा पार्टी रमिते नबस्ने बताए।

नेपालले गणतन्त्र स्थापना, संविधान निर्माण र विकासका योजनामा पार्टीले खेलेको भूमिकाको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्दै राम्रो कामको प्रशंसा र कमजोरीको आलोचना स्वीकार गर्न तयार रहेको उल्लेख गरे।

सभामा सहभागी वक्ताहरूले शान्तिपूर्ण, निष्पक्ष र समयमै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार