मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |
मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |


संघीय निजामति ऐन यही असारभित्र ल्याउने मन्त्री जोशी भनाई

Thearaniko Times 1375+ समाचार ( )
३० वैशाख २०८१, आइतबार

बनेपा/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति ऐन यही असारभित्र ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको बताउनुभएको छ । 


जिल्ला समन्वय समिति काभ्रेले आइतवार आयोजना गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समीक्षा एवं संघ, प्रदेश तथा स्थानीय स्तरमा प्रवाह हुने सेवा र विकास निर्माणको गुणस्तर अभिबृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै मन्त्री जोशीले सो कुरा बताउनुभएको हो।


मन्त्री जोशीले अगाडि भन्नुभयो -'ऐन जारी भएपछि अहिले देखिएको कर्मचारी परिचालनको समस्यामा सुधार हुन्छ । स्थानीय सरकारलाई बलियो बनाउने पक्षमा संघीय सरकार छ । केही अस्पष्टता छन् भने बसेर समझदारीका साथ अघि बढ्नुपर्छ’ । मन्त्री जोशीले संघीय निजामती ऐन नहुँदा तीन तहको सरकारबीच मुख्य गरी कर्मचारी परिचालनमा निकै समस्या देखिएको बताउनुभयो । मन्त्री जोशीले आर्थिक वर्षको अन्त्यतिर कुनै पनि तहको कर्मचारी सरुवा गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि सरकार फेरबदलको कारण कहिलेकाहीं परिबन्धमा परिने गरेको उल्लेख गर्नुभयो । ‘कर्मचारीको सरुवा आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र अशोजभित्र गर्नुपर्ने हो । तर आर्थिक वर्षको अन्तिममा आएर सरुवा गर्दा स्वाभाविक रुपमा समस्या आउने कुरामा जोड दिनुहुँदै मन्त्री जोशीले सरकारको फेरबदलसँगै हुने सरुवालाई पद्धतिगत रुपमा सुधार्न जरुरी बताउनुभयो । मन्त्री जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।


राजनीतिक स्थायीत्वले मात्र दिगो विकास र नवप्रवर्तन कार्यलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उनको भनाई थियो । मन्त्री जोशीले देशभक्त कर्मचारीले नै नागरिकलाई सुशासन प्रदान गर्ने बताए । जनताले अनुभूत गर्नेगरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउनु सकिन्छ त्यसबारे सबै कर्मचारी एकजुट भई लाग्न समेत मन्त्री जोशीले अनुरोध गर्नुभयो। जनप्रतिनिधिलाई लक्षित गर्दै कर्मचारीलाई आर्थिक एवं वित्तिय अनुशासनमा दबाब नदिनसमेत मन्त्री जोशीले अनुरोध गर्नुभयो। अहिले महिला जनप्रतिनिधिको आर्थिक अपचलनको मुद्दा नगन्य भईंरहँदा पुरुष जनप्रतिनिधिलाई यस विषयमा चुनौतिको चाङ पनि थपिँदै गएको उनले बताए ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी,महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा लगायतका वक्ताहरुले स्थानीय सरकारको अधिकारलाई अझ प्रष्ट पार्न प्रदेश र संघीय सरकारका विषयगत् मन्त्री तथा मन्त्रालयका अधिकारीहरु एकै ठाउँ बसेर बृहत् छलफल गर्नुपर्ने उल्लेख गर्नुहुँदै कर्मचारीको अभावमा कयौँ काम गर्न समस्या रहेको भन्दै संविधान अनुसारको संघीय प्रणाली कार्यान्वयनमा चुनौती बनेको बताउनुभयो । 


खुल्ला छलफल तथा अन्तर्क्रियामा नगरपालिका उपप्रमुख गिता बञ्जारा, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यज्ञप्रसाद वली लगायतले संघीयता कार्यान्वयन हुन नसकेकोमा दुःखेसो गरे ।

कार्यक्रममा बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव हुमकला पाण्डे, काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले स्थानीय तहको सेवा–प्रवाहमा सरल एवं सहजतामा ध्यान दिन सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समन्वय प्रमुख दिपक गौतमले जिल्लाका विभिन्न योजनाहरुमा आवश्यक समन्वय भईरहेको बताएका थिए । उनले १३ वटै स्थानिय निकायमा जिल्ला समन्वयले गर्नुपर्ने समन्वयन भूमिका निभाईरहेको र भोलिका दिनमा पनि यसरी नै साथ र सहयोग रहने गरि आफूहरु अगाडि बढ्ने बताए ।

कार्यक्रममा जिल्ला भित्र रहेका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रमुख सहित विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा जिल्ला समन्वय अधिकारी दिवाकर भुजेलले जिल्लाका कार्यालयहरुको चैत्र मसान्त सम्मको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार