बनेपा/हलि नेवा: गुठी काभ्रे मिसा कचा भोटंले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा नयाँ बोर्ड सदस्यहरुलाई स्वागत र सम्मान कार्यक्रम गरेको छ।
हलि नेवा गुठीका केन्द्रिय उपाध्यक्ष सुरेश सैंजुको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न संस्थाका पदमा निर्वाचित भएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो। कार्यक्रममा हलि नेवा गुठीका केन्द्रिय उपाध्यक्ष सुरेश सैंजुले नेवारी समुदाय अझैपनि अगाडी बढ्न हिचकिचाउने गरेको बताउदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडी सार्ने र भर्याङ मात्र बनेको बताउनुभयो ।
यसैगरी नेवा हलि नेवा :गुठीका संस्थापक तथा पूर्व अध्यक्ष ईश्वरी वादे श्रेष्ठले महिला सशक्तिकरणको बारेमा बोल्दै अझैपनि महिलाहरुमा सिप क्षमता र दक्षता भएर पनि उद्यमशिल बन्न निकै समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
हलि नेवा: गुठी काभ्रे मिसा कचा भोटंका नाय बिनु कर्माचार्यले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै नेवारी संस्कार, संस्कृति र नेवारी महिलाहरुको शसक्तिकरण गर्नमा सक्दो कोशिस गर्ने बताउनुभयो ।
कार्यक्रममा लक्ष्मी श्रेष्ठ -केन्द्रिय सदस्य (सौन्दर्य व्यवसायी संघ), रामेश्वरी मानन्धर वडा सदस्य (बनेपा न.पा वडा नं -७), बुद्यलक्ष्मी मानन्धर (काभ्रे लेडि जेसीज अध्यक्ष २०२३) सम्मानित हुनुभएको थियो।नयाँ बोर्ड सदस्यहरु चण्डिका मानन्धर (छ्यानजे कव), रामेश्वरी मानन्धर (व्यापार कव), लक्ष्मी श्रेष्ठ (सम्पदा कव), रत्न तारा बर्जाचार्य (सांस्कृतिक कव), शारदा भैल (शिक्षा कव), मनिषा गणेजु (स्वास्थ्य कव), शुशिला मानन्धर (सहलह कव), अरुणा श्रेष्ठ (धवरी) रहेका छन् । सौन्दर्य व्यावसायी संघ काभ्रेकी अध्यक्ष सुस्मा प्रधान, युनाईटेड फिटनेस एकेडेमीका संस्थापक सजिना श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।