मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

राज्यले भत्ता दिने बाहेकका अरु कुनै काम गर्नसकेको छैन–उपाध्यक्ष वाइवा

Thearaniko Times 1394+ समाचार ( )
९ वैशाख २०८०, शनिबार

उषा लामा

रोशी । काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवा(ज्वाला)ले एकल महिलाहरुको समस्या समाधानका लागि राज्यले नीतिगत पहल गर्नुपर्ने बताएका छन् ।

उहाँले महिलाका लागि मानव अधिकार एकल महिला समूले रोशी गाउँपालिका –३, भदौरेमा आयोजना गरेको एकदिने सचेतना कार्यक्रममा बोल्दै राज्यले भत्ता दिने बाहेकका अरु कुनै काम गर्न नसकेको र आगामी दिनमा पालिकाले गर्न सकिने सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा एकल महिला समूहकी अध्यक्ष रामदेवी तामाङले एकल महिलाले बच्चाको नागरिकता बनाउन लागि पनि मृत्यु भइसकेका श्रीमानको नागरिकता बोकेर जानुपर्ने स्थिति रहेको बताउँदै ‘राज्यले जिउँदो आमा भन्दा मरिसकेको बुवालाई मान्यता दिनुबाट पनि एकल महिलाले भोग्नुपरेको सामाजिक आर्थिक सांस्कृतिक तथा मानसिक समस्या कति जटिल छ भन्ने स्पष्ट हुन्छ, भनिन् ।

कार्यक्रममा मनोविमर्शकर्ता निर्मला काफ्लेले महिलाका अदृश्य समस्याहरुलाई समाधान गर्नको लागि नीतिगत रुपमा भन्दा पनि पुरुषवादी सोचमा परिवर्तन गर्न जरुरी रहेको बताइन् । उनले एकल महिलाहरुको आर्थिक सशक्तिकरणका लागि गाउँपालिकाले एकल महिला कोष स्थापना गरी प्रभावकारी ढंगबाट परिचालन गर्नुपर्ने कुरामा जोड दिएकीछिन् ।

कार्यक्रममा रोशी गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष धनजित लामाले आगामी दिनमा आफ्नो वडाले एकल महिलालाई आत्मनिर्भर बनाउन सशक्त ढंगबाट काम गर्ने बताए । कार्यक्रममा समाजसेवी कुमार लामा, सरस्वती प्रा.वि. का प्र.अ.रामहरि रायमाझीले पनि एकल महिलाको बारेमा आफ्रना विचार राख्नुभएको थियो ।

कार्यक्रम रोशी गाउँपालिकाको सहयोगमा भएका थिए । महिलाका लागि मानव अधिकार एकल महिला समूहले २०५२ सालदेखि देशभरका एकलमहिलाको अधिकारलाई समाजिक, आर्थिक, राजनैतिक मुद्दाको रुपमा उठान गर्दै आइरहेको छ । उसले आर्थिक सशक्तिकारका लागि स्थानीय सरकारसँगको समन्वयमा सीपमुलक कार्यहरु समेत गर्दै आईरहेको समूहले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार