मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |
मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |


यो राजनीतिक समिकरण नेपालतिरै ढल्केको छ : उपाध्यक्ष सापकोटा

Thearaniko Times 1403+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

बनेपा/नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले यो समिकरण दक्षिण पश्चिमतिर ढल्केको नभइ नेपालतिर ढल्केको बताउनुभएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सापकोटाले उक्त कुरा बताउनुभएको हो । नयाँ समिकरणबारे प्रश्न उठिरहेको बताउँदै उपाध्यक्ष सापकोटाले अहिलेको राजनीतिक दलहरुबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समिकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समिकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुशि र आशा पलाएको पाएको उहाँको भनाई छ ।

शिक्षकहरुले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।


अहिले विश्वभरिनै नैतिक शिक्षाको खडेरी भएर शिक्षा क्षेत्रमा व्यापार र नाफामा केन्द्रित भएको बेलामा शिक्षकहरु उद्देश्यतिर केन्द्रित हुँदै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्ने र नागरिकको मन जित्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पाठ्पुस्तकमा भएको विषय विद्यार्थी आफैले अध्ययन गर्ने भएकाले शिक्षकहरुले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि शिक्षकहरुले समयको व्यवस्थापन ठीक ढंगले गर्न सक्नुपर्दछ ।’ बालबालिकाहरु विश्वविद्यालय जस्तै भएकाले केस्राकेस्रा केलाएर अध्ययन गरी नयाँ ज्ञान आर्जन गर्दै अरुलाई प्रदान गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त हैन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनःजनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । अब पार्टीले अभाव भन्दा पनि असमानताको विरुद्धमा लड्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।


नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला ईञ्चार्ज तेज बहादुर मिजारले संगठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढंगले शिक्षकहरु अगाडी बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनको निम्ति र नेपालीको भविश्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरुले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो । कतिपय शिक्षक, कर्मचारी, नेताहरुले नै देशभित्र भविष्य नदेखेर विदेश पलायन हुने अवस्था रहेको भन्दै अब नयाँ पिँढीहरुले यही भविष्य देख्ने र समृद्धिको बाटोमा उहाँहरुलाई डोर्याउने जिम्मा अहिलेका शिक्षकहरुको काँधमा आएको उहाँले बताउनुभयो ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरुमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नु परेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ती गरिदिने प्रवृत्ति बढेकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा बृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा संगठनमा आवद्ध भई शिक्षण पेशामा लागेर सेवा निवृत्त हुनुभएका र दीर्घसेवा प्रदान गरिरहनुभएका दामोदर अधिकारी, रामकृष्ण श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, कमला मल्ली, भारती श्रेष्ठ, धनभक्त श्रेष्ठ, भिमसेन आचार्य लगायत १०७ जना शिक्षक/शिक्षिकाहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार