मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


यो राजनीतिक समिकरण नेपालतिरै ढल्केको छ : उपाध्यक्ष सापकोटा

Thearaniko Times 1369+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

बनेपा/नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले यो समिकरण दक्षिण पश्चिमतिर ढल्केको नभइ नेपालतिर ढल्केको बताउनुभएको छ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिको प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष सापकोटाले उक्त कुरा बताउनुभएको हो । नयाँ समिकरणबारे प्रश्न उठिरहेको बताउँदै उपाध्यक्ष सापकोटाले अहिलेको राजनीतिक दलहरुबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समिकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समिकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुशि र आशा पलाएको पाएको उहाँको भनाई छ ।

शिक्षकहरुले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।


अहिले विश्वभरिनै नैतिक शिक्षाको खडेरी भएर शिक्षा क्षेत्रमा व्यापार र नाफामा केन्द्रित भएको बेलामा शिक्षकहरु उद्देश्यतिर केन्द्रित हुँदै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्ने र नागरिकको मन जित्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘पाठ्पुस्तकमा भएको विषय विद्यार्थी आफैले अध्ययन गर्ने भएकाले शिक्षकहरुले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि शिक्षकहरुले समयको व्यवस्थापन ठीक ढंगले गर्न सक्नुपर्दछ ।’ बालबालिकाहरु विश्वविद्यालय जस्तै भएकाले केस्राकेस्रा केलाएर अध्ययन गरी नयाँ ज्ञान आर्जन गर्दै अरुलाई प्रदान गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त हैन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनःजनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । अब पार्टीले अभाव भन्दा पनि असमानताको विरुद्धमा लड्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।


नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला ईञ्चार्ज तेज बहादुर मिजारले संगठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढंगले शिक्षकहरु अगाडी बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनको निम्ति र नेपालीको भविश्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरुले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो । कतिपय शिक्षक, कर्मचारी, नेताहरुले नै देशभित्र भविष्य नदेखेर विदेश पलायन हुने अवस्था रहेको भन्दै अब नयाँ पिँढीहरुले यही भविष्य देख्ने र समृद्धिको बाटोमा उहाँहरुलाई डोर्याउने जिम्मा अहिलेका शिक्षकहरुको काँधमा आएको उहाँले बताउनुभयो ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरुमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नु परेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ती गरिदिने प्रवृत्ति बढेकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा बृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा संगठनमा आवद्ध भई शिक्षण पेशामा लागेर सेवा निवृत्त हुनुभएका र दीर्घसेवा प्रदान गरिरहनुभएका दामोदर अधिकारी, रामकृष्ण श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, कमला मल्ली, भारती श्रेष्ठ, धनभक्त श्रेष्ठ, भिमसेन आचार्य लगायत १०७ जना शिक्षक/शिक्षिकाहरुलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार