मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

नेपाल रेडक्रस सोसाइटीको निर्वाचन
काभ्रे रेडक्रसको सभापतिमा देवेन्द्र भैलको प्यानल विजयी

Thearaniko Times 1401+ समाचार ( )
४ कार्तिक २०८१, आइतबार

बनेपा – नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको सभापतिमा देवेन्द्रप्रसाद भैल निर्वाचित भएका छन् ।

जिल्ला शाखा कार्यसमितिको लागि आइतबार बनेपामा संपन्न निर्वाचनमा निकटतम प्रतिद्वन्दी विदुरप्रसाद घिमिरेलाई ३८ मतले हराउदै भैल सभापतिमा निर्वाचित भएका हुन् । भैलले १ सय ३ र घिमिरेले ६५ मत प्राप्त गरेका थिए ।

त्यस्तै महिला उपसभातिमा पुष्पा खड्का बस्नेतले ९५ मत र खुल्ला उपसभापतिमा ज्ञान बहादुर तामाङले १०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । समितिको मन्त्रीमा राजु सिग्देलले १०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा प्रेम कुमार तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ भने उपमन्त्रीमा प्रदिप केसीले १०६ मत र उप कोषाध्यक्षमा विनोद कोइराला १०५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

महिला सदस्यहरुमा सजिना श्रेष्ठ, भवानी केसी र शान्ति खत्री निर्विरोध हुनुभएको छ भने सदस्यहरुमा रामकुमार श्रेष्ठ, उपदेश भुजेल, माधव प्रसाद नेपाल, विल बहादुर श्रेष्ठ, दामोदर श्रेष्ठ, कृपेन्द्र श्रेष्ठ र जगन्नाथ गिरी विजयी हुनुभएको छ ।

रेडक्रसको नयाँ समितिको लागि भैल र घिमिरे नेतृत्वको दूई समूहले प्रतिस्पर्धा गरेको निर्वाचनमा १८२ सदस्य रहेकोमा १७६ मत खसेको थियो ।

मतपरिणाम घोषणापछि निर्वाचित सबै सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा शाखाका नवनिर्वाचित सभापति देवेन्द्र भैलले प्रतिवद्धता मन्तव्य राख्नुभएको थियो भने निवर्तमान सभापति रघुनाथ हुमागाईं, पुर्वमन्त्री उद्धव पौडेल लगायतले कार्यकाल सफलताको शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार