मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्छ : सांसद श्रेष्ठ
संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्छ : सांसद श्रेष्ठ

Thearaniko Times 1401+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

सिन्धुली। बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले संघीयताको कार्यान्वयन गर्न आवश्यक परे संघीय सरकारसँग संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमबार बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सिन्धुलीमा आयोजित जिल्ला स्तरीय वार्षिक योजना तर्जुमा गोष्ठीमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले प्रदेशको सवलीकरण गर्नुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले आ.व. २०८२/०८३ को बजेट निर्माण गर्दा सरकार र जनप्रतिनिधिहरुले मतदाता केन्द्रीत मानसिकता त्याग्नुपर्ने बताए । उनले विधायकले विकासको भारी बोक्ने नभई राम्रो नीति निर्माणमा केन्द्रित बन्नुपर्ने बताए । उनले पहुँचको आधारमा नगरेर आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए । त्यसका लागि योजना बैंकमा योजना संकलन गर्ने, प्रदेश नीति तथा योजना आयोगले सिफारिस गरेको योजनालाई मात्र समावेश गर्नुपर्नेमा उनको जोड छ ।

सांसद श्रेष्ठले अध्ययन, अनुसन्धान गर्नका लागि पनि समग्र बजेटको एक प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए । बजेटको ४० प्रतिशत पुँजीगततर्फ विनियोजन गर्नुपर्ने उनले बताए । त्यस्तै टुक्रे योजनामा नभई रणनीतिक योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । त्यसैगरी, उनले राज्य, नीजि र सहकारी क्षेत्रको लगानीको प्रतिशत निर्धारण गर्नुपर्ने उनले बताए । उनले उत्पादन र सेवासँग नजोडिने भौतिक पूर्वाधारमा लगानी गर्नु नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार