मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम उपाध्यक्षमा मनोनयन

Thearaniko Times 1394+ समाचार ( )
५ चैत्र २०७९, आइतबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालयको ५३ औं  बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले  महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरू घनेन्द्र वस्नेत, केदार न्यौपाने, धर्मनाथप्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको बताईएको छ । 

यस्तै बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सरकारमा सहभागिताका बारेमा छलफल समेत अगाडि बढाउने निर्णय गरेको विभाग प्रमुख खतिवडाले बैठकपछि पत्रकारहरूलाई जानकारी गराउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार