मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

शिक्षा
फेकन काभ्रेको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Thearaniko Times 1401+ समाचार ( )
२६ पौष २०८२, शनिबार

बनेपा । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) काभ्रेको दोस्रो वार्षिक साधारण सभा शुक्रबार धुलिखेलमा सफलतापूर्वक सम्पन्न भएको छ। फेकन नेपालका केन्द्रीय अध्यक्ष उमेश कुश्वारको प्रमुख आतिथ्य तथा काभ्रे जिल्ला अध्यक्ष साङ्गे लामाको अध्यक्षतामा साधारण सभा आयोजना गरिएको हो।

सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि कुश्वारले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउँदै लैजान फेकनको भूमिका अझ सशक्त हुनुपर्ने बताए। विद्यार्थी र अभिभावकको विश्वास जित्न आपसी एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले काभ्रे शाखाले नमुना अभ्यास प्रस्तुत गर्न सक्ने धारणा राखे।

सभामा अध्यक्षीय मन्तव्य प्रस्तुत गर्दै जिल्ला अध्यक्ष साङ्गे लामाले काभ्रेमा क्रियाशील शैक्षिक परामर्श व्यवसायीहरूको हकहितका लागि संगठन सधैँ प्रतिबद्ध रहने बताए। संगठनलाई थप बलियो बनाउँदै सदस्यहरूको व्यावसायिक सुरक्षामा केन्द्रित भएर काम गरिने उनको भनाइ थियो।

कार्यक्रमको औपचारिक सत्रमा सचिव सहदेव थापाले गत आर्थिक वर्षमा सम्पन्न गतिविधिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरे। साथै आय–व्यय विवरण, संगठनले सामना गरेका चुनौती र समाधानका सम्भावित उपायबारे सदस्यहरूबीच छलफल गरिएको थियो। आगामी दिनमा सञ्चालन गरिने तालिम, क्षमता विकास तथा संगठन विस्तारसम्बन्धी योजनाहरूबारे समेत विचार आदान–प्रदान गरिएको थियो।

साधारण सभामार्फत संगठनको सदस्यता विस्तारमा पनि प्रगति भएको छ। ९ जना नयाँ सदस्यलाई संगठनमा आबद्ध गरिनुका साथै ७ जना पुराना सदस्यहरूको सदस्यता नवीकरण गरिएको अध्यक्ष लामाले जानकारी दिए। यसले फेकनप्रति बढ्दो आकर्षण र विश्वास झल्काएको संघको ठहर छ।

कार्यक्रममा फेकनका पूर्व केन्द्रीय अध्यक्ष राजु निरौला, केन्द्रीय वरिष्ठ उपाध्यक्ष छविन्द्र ओझा, प्रथम सचिव आर.सी. केसी, सचिव आर.के. ढकाल, कोषाध्यक्ष गौतम पुडासैनी, लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कुलदीप शर्मा, गण्डकी प्रदेश अध्यक्ष सुजनबहादुर बस्नेतलगायत काभ्रे जिल्लाका शैक्षिक परामर्शदाता, शाखा पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभा सम्पन्न भएसँगै फेकन काभ्रे शाखाले आगामी दिनमा शैक्षिक परामर्श क्षेत्रको विकास र व्यवसायीहरूको हितमा केन्द्रित थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार