मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रेमप्रसादको परिवारलाई जुट्न थाल्यो सहयोग

Thearaniko Times 1394+ समाचार ( )
११ माघ २०७९, बुधवार

काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको सहायताका निम्ति स्वतःस्फुर्त आर्थिक सहयोग जुट्न थालेको छ । हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो ।

आचार्यले आफूले ३६ वर्ष पूरा गरिसक्दा पनि गरिएका कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै सामाजिक संजालमा निराशा व्यक्त गर्दै बाध्य भई उक्त कदम उचालेको बताएका थिए ।

आत्मदाह अगाडि ६ हजार शब्द भन्दा बढीको ‘सुसाइड नोट’ पोस्ट गरेका आचार्यले सोही नोटमा आफु ऋणबाट थिचिएको र उक्त ऋण तिर्न नसकेको अवस्था उनकी श्रीमतीले पनि उनको जस्तो बाटो अपनाउन सक्ने प्रबल सम्भावना रहेको भन्दै आम मानिसमा आर्थिक सहयोगको अपीलसमेत गरेका थिए ।

आचार्यको आत्मलाप हाल सामाजिक संजालमा भाइरल भएसँगै उनको परिवारलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त हुन थालेको छ । प्राप्त जानकारीअनुसार नेकपा एकीकृत समाजवादीका विद्यार्थी नेता बदन भण्डारी, एमालेका युवा नेता पर्वत भण्डारी, नेकपाका नेता फणिन्द्र न्यौपाने, डा. ओममूर्ति अनिल, आशिका तामाङ, ईशा गुरुङ, सुनिता गुरुङ लगायतले प्रेमप्रसाद कि श्रीमती नानुका आचार्यलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । 

के लेखे गगन थापाले फेसबुकमा ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस् लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।

कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने बताउँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।‘अब आरोप(प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला’ उनले भनेका छन् ।

गृहमन्त्रीले कीर्तिपुर अस्पताल पुगेर मृतक प्रेमप्रसादका आफन्तलाई भेटे

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले स्वर्गीय प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् । उनले कीर्तिपुरस्थित वर्न अस्पतालमा पुगेर मृतकका परिवारलाई भेटेका हुन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका उनको उपचारका क्रममा निधन भएको थियो।

गृहमन्त्री लामिछानेले उपचारका क्रममा निधन भएका प्रेमप्रसादको शवलाई अस्पतालको शवगृहमा पुगेर श्रद्धाञ्जली दिएका छन् । त्यसपछि गृहमन्त्रीले मृतकका परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार