मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

मन्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन राष्ट्रपतिबाट हुने

Thearaniko Times 1369+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

मन्डनदेउपुर/काभ्रेको मन्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवनको समुदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नहुने भएको छ । 

जिल्लाकै कान्छो नगरपालिकाको रुपमा २०७३ सालमा स्थापना भएको नगरले स्थापनाको ७ औं वर्षकोे स्थापना दिवस पारेर प्रशासनिक भवनको समुद्घाटन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो। मन्डनदेउपुर नगरपालिकाको वडा नं.-७, मनमति डाँडामा निर्माण भएको भवनको समुद्घाटनको तयारी तिब्र गतिमा भैरहेको जनाएको छ।

नगरपालिकाको आन्तरिक श्रोत र समपुरक बजेट मार्फत प्राप्त बजेटबाट कुल १४ करोड २२ लाख ९४ हजार ९ सय ४२ रुपैयामा ठेक्का सम्झौता भएकोमा २०७९ पुस मसान्तमा ठेक्का सम्झौता बमोजिम सक्नुपर्ने भएता पनि कोरोनाकाल र आर्थिक मन्दी लगायतका कारण अन्तिम पटक थपिएको म्याद बमोजिम २०८० पुस मसान्तमा सकिने सम्झौता थियो। पालिकाको कार्यपालिका बैठकको निर्णय बमोजिम थपिएको संरचना सहित भवनको खर्च २ करोड ५ लाख ३३ हजार ३ सय ७५ भुक्तानी गर्न बाँकि रहेको छ। सघीय समपुरकबाट १ करोड ८० लाख र जिल्ला समन्वय समिति काभ्रेबाट प्राप्त २ करोड र सघिय अनुदान(डोलीडार) बाट प्राप्त २ करोड ४० लाख रुपैंयाँ र बाँकी नगरको आन्तरिक श्रोतबाट भवन निर्माण सम्पन्न गरिएको नगरका प्रवक्ता पुरुषोत्तम बजगाईंले जानकारी दिनुभयो।

अहिले नगरको प्रशासकीय भवनको वित्तिय प्रगति ९९ % प्रतिशत भौतिकतर्फ पनि ९९ % नै प्रगति भएको नगरपालिकाले जनाएको छ। नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठुला कोठा रहेका छन्। जसमा दुईवटा हल, अपांगमैत्री शौचालय, लिफ्ट आदि जडान गरिएको छ।

नगरले राष्ट्रपतिलाई नै सरिक गराएर सम्पन्न गर्न खोजेको समुद्घाटन समारोहलाई सम्पन्न गर्नका लागि नगरका विभिन्न स्थानबाट धर्म संस्कृति झल्कने झाँकी र्याली सहितको साँस्कृतिक कार्यक्रम आदिको तयारीका लागि नगरप्रमुखको संयोजकत्वमा नगर कार्यपालिका सदस्य सहितको एक मूल समारोह समिति गठन गरी तयारी तिब्र गतिमा गरिरहेको नगर प्रमुख टोकबहादुर वाईबाले पत्रकार सम्मेललनमा जानकारी दिएका छन्। नगरप्रमुख वाईबाले सो दिन नगरका ३४ हजार जनतालाई निम्ता पठाएको र यातायातको व्यवस्था समेत नगरले गर्ने बताए । 

नगरप्रमुख वाईबाले नवनिर्मित प्रशासनिक भवनप्रति नगरवासीको अपनत्व सिर्जना गर्न, मण्डनदेउपुर नगरपालिकाको आर्थिक, सामाजिक विकास तथा नियमित प्रशासनिक सेवासँगै आपतकालिन सेवा प्रवाह गर्न सहजता हुने अपेक्षा सहित मिति २०८० साल फागुन २७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपतिज्यूबाट हुने समुद्घाटन कार्यक्रममा सहभागी भैदिन अनुरोध गर्नुभयो ।

पत्रकार सम्मेलनमा उपप्रमुख विष्णु मणि नेपाल, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार