मुख्य समाचार
काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै | गणेशको मृत्युले उठाएका प्रश्न : नागरिकको आत्मसम्मान, राज्यको जिम्मेवारी र मानवीय शासनको परीक्षा | राहदानी विभाग अगाडि एक पुरुषले आफैँलाई आगो लगाउने प्रयास, उपचार जारी | रेड बुल तीन वर्षका लागि सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक | सम्पादक समाजकाे पदयात्रा: देवीचौरबाट उठ्यो ऐतिहासिक सम्पदा जोगाउने साझा आवाज |

प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

Thearaniko Times 1394+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

काठमाडौं । नेपालको प्रधानन्यायधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । आज बिहीबार बसेको संवैधानिक परिषद्को वैठकले सर्वोच्च अदालतको बरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशको सिफारिस गरिएको हो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की आउँदो २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएपछि परिषद्ले श्रेष्ठको नाम सिफारिस गरेको हो । परिषद्ले अब श्रेष्ठको नाम संसदीय सुनुवाईको लागि विशेष समितिमा पठाउने छ र समितिबाट अनुमोदन भएपछि श्रेष्ठ नेपालको प्रधानन्यायधीशमा नियुक्त हुनु हुनेछ ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद् सम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्थाको आधारमा परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेको हो ।

के छ त धारा २८४ को व्यवस्था ?

नेपालको संविधान अनुसार,

२८४: संवैधानिक परिषद सम्बन्धी व्यवस्था स् ९१० यस संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रहेको एक संवैधानिक परिषद रहनेछः–

(क) प्रधानमन्त्री –अध्यक्ष

(ख) प्रधान न्यायाधीश –सदस्य

(ग) प्रतिनिधि सभाको सभामुख –सदस्य

(घ) राष्ट्रिय सभाको अध्यक्ष –सदस्य

(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता –सदस्य

(च) प्रतिनिधि सभाको उपसभामुख –सदस्य

(२) प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहनेछ ।

(३) संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महीना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ ।तर मृत्यु भई वा राजीनामा दिई त्यस्तो पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले एक महीनाभित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ ।

(४) संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार तथा प्रधान न्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्ति सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ ।

(५) नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषदको सचिव भई काम गर्नेछ ।

तर, संविधान बमोजिम एक महिना अगाडि नै सिफारिस हुनुपर्ने भए पनि त्यसो भने भएन । राजनीतिक किचलोका कारण परिषद्ले संवैधानिक व्यवस्था बमोजिम सिफारिस गर्न नसक्दा धेरै आलोचनाहरु सार्वजनिक हुने गरेका छन् ।

अवकास हुन लाग्नुभएका कार्कीको समयमा त बेलैमा सिफारिस हुन नसक्दा कार्कीले लामो समय कायममुकायम प्रधानन्यायधीशको रुपमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार