मुख्य समाचार
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ | काठमाडौं विश्वविद्यालय : गुणस्तरीय उच्च शिक्षाको विकास र अन्तर्राष्ट्रियकरणमा सफल प्रयास | डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित, अधिकांश पदमा कडरिया नेतृत्वको प्यानलको जित | कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा | एसईई नतिजा कहिले आउँछ? | खानीखोला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | जनयुद्ध र जनआन्दोलनका उपलब्धि उल्ट्याउने षड्यन्त्र विरुद्ध लाग्न प्रचण्डको निर्देशन | सभापति शेरबहादुर देउवाले गरे भक्तपुर क्षेत्र नं. २ कार्यालयमा भ्रमण | साहित्यकार गोकुल व्याकुलको पुस्तक भूकम्पका कथा–व्यथा’ सार्वजनिक | नेपाल टेलिकमको बिलिङ प्रकरणमा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध मुद्दा |

प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

Thearaniko Times 1123+ समाचार ( )
१९ श्रावण २०८०, शुक्रबार

काठमाडौं । नेपालको प्रधानन्यायधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ । आज बिहीबार बसेको संवैधानिक परिषद्को वैठकले सर्वोच्च अदालतको बरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशको सिफारिस गरिएको हो ।

वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की आउँदो २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकासमा जाने भएपछि परिषद्ले श्रेष्ठको नाम सिफारिस गरेको हो । परिषद्ले अब श्रेष्ठको नाम संसदीय सुनुवाईको लागि विशेष समितिमा पठाउने छ र समितिबाट अनुमोदन भएपछि श्रेष्ठ नेपालको प्रधानन्यायधीशमा नियुक्त हुनु हुनेछ ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद् सम्बन्धी व्यवस्था गरिएको छ । सोही व्यवस्थाको आधारमा परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेको हो ।

के छ त धारा २८४ को व्यवस्था ?

नेपालको संविधान अनुसार,

२८४: संवैधानिक परिषद सम्बन्धी व्यवस्था स् ९१० यस संविधान बमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रहेको एक संवैधानिक परिषद रहनेछः–

(क) प्रधानमन्त्री –अध्यक्ष

(ख) प्रधान न्यायाधीश –सदस्य

(ग) प्रतिनिधि सभाको सभामुख –सदस्य

(घ) राष्ट्रिय सभाको अध्यक्ष –सदस्य

(ङ) प्रतिनिधि सभाको विपक्षी दलको नेता –सदस्य

(च) प्रतिनिधि सभाको उपसभामुख –सदस्य

(२) प्रधान न्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधान न्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा नेपाल सरकारको कानून तथा न्याय मन्त्री सदस्यको रूपमा रहनेछ ।

(३) संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महीना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ ।तर मृत्यु भई वा राजीनामा दिई त्यस्तो पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले एक महीनाभित्र पदपूर्ति हुने गरी नियुक्तिका लागि सिफारिस गर्न सक्नेछ ।

(४) संवैधानिक परिषदको अन्य काम, कर्तव्य र अधिकार तथा प्रधान न्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्ति सम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ ।

(५) नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषदको सचिव भई काम गर्नेछ ।

तर, संविधान बमोजिम एक महिना अगाडि नै सिफारिस हुनुपर्ने भए पनि त्यसो भने भएन । राजनीतिक किचलोका कारण परिषद्ले संवैधानिक व्यवस्था बमोजिम सिफारिस गर्न नसक्दा धेरै आलोचनाहरु सार्वजनिक हुने गरेका छन् ।

अवकास हुन लाग्नुभएका कार्कीको समयमा त बेलैमा सिफारिस हुन नसक्दा कार्कीले लामो समय कायममुकायम प्रधानन्यायधीशको रुपमा काम गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार