मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सन्दर्भ सहकारीको साधारणसभा
बनेपा बचतको साधारणसभाले गरे नयाँ नेतृत्व चयन

Thearaniko Times 1401+ समाचार ( )
१९ अशोज २०८१, शनिबार

बनेपा/बनेपा बचत तथा ऋण सहकारी संस्था लि.को २५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । 

प्रमुख अतिथि बागमती प्रदेश सभाका सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले साधारण सभाको उद्घाटन गर्नुहुँदै सहकारीको भिडमा बनेपा साकोसको विशिष्ट पहिचान भएको बताउनुभयो । उहाँले सहकारीमा देखिएको विकृति सहकारीले सामाजिक उत्तरदायित्वमा खेलेको भुमिकाको प्रंशसा गर्नुभयो ।

अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगायतले सहकारीले पु¥याएको योगदान तथा सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

बनेपा बचतमा रहदेव पोटेको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । समितिमा उपाध्यक्ष पदमसुन्दर श्रेष्ठ, सचिव जितेन्द्र नकर्मी, कोषाध्यक्ष सुविन मानन्धर रहेका छन् । सदस्यमा शर्मिला मल्ली, लक्ष्मीनारायण ताम्राकार र अशोक बादे रहेका छन् । लेखा सुपरीवेक्षण समितिमा संयोजक जगदिप पलाञ्चोके रहेका छन् भने सदस्यहरुमा ओमकाजी प्रजापति र रुपेन्द्र शाक्य रहेका छन् । 

उपाध्यक्ष रहदेव पोटेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सचिव जितेन्द्र नकर्मीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन, जगदिप पलाञ्चोकेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सहकारीका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ, विभिन्न सहकारीका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका उपाध्यक्षद्वय शान्ति लामा र मिरा सत्याल, सह सचिव विकास बादे लगायत पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बधाइ दिएको थिए।

कार्यक्रममा अध्यक्ष अमनपोटे श्रेष्ठले सहकारी मार्फत आर्थिक समृद्धी हासिल गर्न सहजता प्रदान हुने भएकाले सबै सदस्यहरुलाई उद्यमता तर्फ उन्मुख गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सदस्य बृद्धि गर्न, नियमित बचत संकलन गर्न, सदस्यमुखी कार्यक्रम संचालन गर्न, नीति नियम तथा विनियम संशोधन गरी पुर्नलेखन गर्ने, तालिम गोष्ठी सेमिनार संचालन गरी क्षमता अभिबृद्धि गर्ने, क्षेत्रगत समुह गठन गरी सम्भाब्यता अध्ययनमा जोड दिने,  पाँचखालमा सेवा केन्द्र संचालन, विद्युत्तिय कारोवारमा जोड दिने, सहकारी एकीकरण गर्न पहल गर्ने, कार्यकुशलता तथा सिकाई वर्कशप संचालन गर्ने लगायतका कार्ययोजना प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार