धुलिखेलपर्यटकीय क्षेत्र धुलिखेलका दुई होटलले साउथ एसियन ट्राभल अवार्ड २०२३ पाएका छन् । धुलिखेलमा रहेको होटल माउण्ट प्रिन्सेसले ‘लीडिंग बजेट होटल’ विधामा र हिमालय दृश्य रिसोर्टले ‘रोमान्टिक’ विधामा अवार्ड पाएको हो ।
होटल पुरस्कृत भएपछि धुलिखेल क्षेत्रीय होटल संघका सचिव समेत रहेका होटल माउण्ट प्रिन्सेसका सञ्चालक ज्योत्सना सैंजुले पुरस्कारले आफूलाई उर्जा प्रदान गरेको बताउँदै पुरस्कारको लागि छनौट गर्ने संस्था र सहयोगी, शुभचिन्तकहरुलाई सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेकीछिन् । हिमालय दृश्य रिसोर्टका सञ्चालक श्यामकाजी महतले पुरस्कारले पर्यटन व्यवसायीलाई गर्व महशुस भएको बताउँदै नेपाली रिसोर्टहरुको गुणस्तर प्रमाणित भएको बताए ।
नेपालसहित विभिन्न ६ राष्ट्रको प्रतिनिधित्व रहेको यस संस्थाले हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई अवार्ड दिँदै आएको छ । साउथ एसियाका ६ देशका ७ सय होटल रिसोर्टविच प्रतिस्पर्धा भएको थियो । नेपालबाट नोमिनेसनमा परेका ३१ होटल मध्ये १२ वटा पुरस्कृत भएका थिए । होटलको गुणस्तर, व्यवस्थापन लगायतका आधारमा मुल्याकंन गरिएको हो ।